०४ साउन २०८३, सोमबार

११.११ अभियानमा सहकार्य गर्न हिमालयन बैंक र दराजबीच सम्झौता

कात्तिक २३, २०७९
११.११ अभियानमा सहकार्य गर्न हिमालयन बैंक र दराजबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । 

दराजको नोभेम्बर ११ का दिन हुने ११.११ अभियानमा बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्न सो सम्झैता भएको हो । 

सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजका पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।  

सम्झौता अनुसार, बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५% वा अधिकतम रु. २५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २०% वा अधिकतम रु. ३००० सम्मको छुट पाउनेछन् ।

छुट पाउनका लागि ग्राहकहरुले आफ्नो कार्ड ई—कमर्शको लागि सक्रिय गर्नु पर्ने बैंकले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्