०३ साउन २०८३, आइतबार

काठमाडौंको सितापाइलामा सानिमा बैंकको नयाँ शाखा

कात्तिक २५, २०७९
काठमाडौंको सितापाइलामा सानिमा बैंकको नयाँ शाखा

सानिमा बैंक लिमिटेडले काठमाडौंको सितापाइलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले शुक्रवार संयुक्त रुपमा गरेका छन् । 

उद्घाटन् समारोहमा बैंकका अध्यक्ष पौडेलले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिने बताए । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे  ।

यससँगै बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरू र १२२ वटा एटीएमहरू संचालनमा रहेको बैँकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्