×

NMB BANK
NIC ASIA

पदीय जिम्मेवारी एकातिर, आश्वासन अर्कातिर !

कात्तिक २६, २०७९

NTC
Premier Steels

आगामी मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले यसपटक पनि  मतदातासमक्ष मत माग्ने क्रममा कानून बनाउने मूल जिम्मेवारीभन्दा विकास निर्माणकै एजेण्डा प्रस्तुत गरेको पाइएको छ ।

Muktinath Bank

प्रतिनिधिसभा होस् वा प्रदेशसभा सदस्यमा चुनिने जनप्रतिनिधिको मुख्य कार्यभार कानून बनाउने रहे तापनि मतदातासमक्ष राजनीतिक दल र उम्मेदवारले विगतकै शैलीमा पूर्वाधार विकास, स्वास्थ्य र शिक्षाका एजेण्डा देखाएर भोट मागिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री, मुख्यमन्त्री, पालिका प्रमुखमा चुनाव लड्नेले यस्तो विकास निर्माण गर्छु भन्नेबाहेक अरु बाँकी जति सबैले विकास निर्माण गर्छु भनेर कुरा गर्नु भनेको मतदातालाई शुरूमै अलमल्याउने भएको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘मतदान गर्दा उम्मेदवारहरूले उठाउने विषयमा मतदाता सचेत हुनुपर्छ, विधायकको निर्वाचन भएकाले कृषि, उद्योग, श्रम, वातावरण र वन लगायतका विषयमा कानून कस्तो बनाउने भनेर जनतासमक्ष प्रतिबद्धता व्यक्त गर्नुपर्ने थियो ।’

Vianet communication

राजनीतिक दल र उम्मेदवारले संविधानका केही प्रावधानबारे उठेका प्रश्नलाई सम्बोधन गर्न ती प्रावधान सशोधन गर्न पहल र प्रयास गर्छु भन्नुपर्नेमा सोझा जनतालाई विकास निर्माण गर्ने आश्वासनका पुलिन्दा बाँड्नुलाई विज्ञहरूले सही कर्म नभएको भनी आलोचना गरेका छन् ।

राजनीतिक दलले आफ्नो पक्षमा मतदातालाई आकर्षण गराउन राजनीतिक स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थाका मुद्दालाई पनि दोहर्‍याइरहेको पाइएको छ । मुलुकमा भएको अघिल्लो चुनावमा प्राप्त मतका आधारमा ठूला मानिएका राजनीतिक दल मात्र नभएर भर्खर पहिलोपटक निर्वाचनमा भाग लिएका नवप्रवेशी दलबाट पनि यस्ता आश्वासन दिएको देखिएको छ ।

चुनाव चिह्न ‘चुरा भएको हातको नमस्कार’ र भानुराम डगौरा थारु अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक पार्टीले यस निर्वाचनमा संघ र प्रदेशमा ३५ उम्मेदवार उठाएको छ । पहिचान सहितको संघीयता, १० प्रदेश, जिल्लागत संरचनाको खारेजी, पूर्ण समानुपातिक निर्वाचन प्राणाली, निःशुल्क स्वास्थ्य र शिक्षाको सुनिश्चिताको एजेण्डा प्रस्तुत गरेर मतदातासमक्ष गएको छ । उक्त दलले मुलुकको महत्त्वपूर्ण सम्पत्ति हिमाल आरोहणका लागि खुला नगरी दृश्य अवलोकन मात्र गर्नुपर्छ भन्ने मान्यता राखेको छ ।

चुनाव चिह्न गैंती र पार्टी अध्यक्ष मानध्वज गुरुङ रहेको नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले क्रान्तिकारी भूमिसुधार, आम विद्युतीकरण र राष्ट्रिय औद्योगिकरणकमार्फत नयाँ जनवादी व्यवस्थाको मुद्दा लिएर यसपटक ९ उम्मेदवार मत माग्न जनताको घरदैलोमा पठाएको छ । पूर्ण समानुपातिक निर्वाचन, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुलुकमा व्याप्त भ्रष्टाचार रोक्ने एजेण्डासहित जनतासँग भोट मागिरहेको छ ।

चुनाव चिह्न त्रिशुल र अध्यक्ष देवप्रकाश त्रिपाठी रहेको एकीकृत शक्ति नेपालले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १३ र समानुपातिकतर्फ ३४ सिटमा उम्मेदवारी उठाएर राष्ट्रिय एकता बलियो तुल्याउन तथा आर्थिक बोझ घटाउन २ तहको सरकारको पक्षमा मतदान गर्न मतदातालाई आह्वान गरेको छ । जातीयवाद अवधारणाको अन्त्य, नेपालको विशिष्ट पहिचानका रूपमा रहेको तराई–पहाड जोड्न वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएको पार्टीले अभिभावकीय राज्यप्रणाली एवं हरेक नागरिकले आफनो संरक्षकत्वको अनुभूति गरेको महसूस गर्ने स्थायी संस्था आवश्यक रहेको जनाउँदै आएको छ ।

नेपाल दलित पार्टीले सबै खाले विभेद अन्त्य गर्न तथा नेपाल र नेपालीको स्वाभिमानलाई कायम राख्न मतदातासमक्ष आह्वान गर्दै प्रतिनिधिसभा सदस्यतर्फ ४७ सिटमा उम्मेदवारी दिएको छ । मेघबहादुर कामी अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न गितार रहेको छ ।  

अध्यक्ष सुशिलमान शेरचन र चुनाव चिह्न करुवा रहेको नेपाली कांग्रेस बिपीले संवैधानिक राजतन्त्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद कायम गर्न तथा अहिलेको मिश्रित निर्वाचन प्रणाली खारेजी र चुनावी स्वतन्त्र सरकार गठन हुनुपर्छ भन्ने मुद्दा लिएर निर्वाचनमा होमिएको छ । पार्टीले मुलुकका ३५ जिल्लाका दुवै निर्वाचन र दुवै तहमा गरी २६८ जना उम्मेदवार बनाएको छ । डा. इन्द्रबहादुर थापा मगर अध्यक्ष तथा चुनाव चिह्न लाटोकोशेरो रहेको नेश्नलिस्ट पिपल्स पार्टीले ३७ जिल्लामा १०७ उम्मेदवार खडा गरेको छ ।

नवपरिवर्तनीय प्रत्यक्ष जनतान्त्रिक शासन व्यवस्थाको वकालत गर्दै आएको उक्त पार्टी  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, आलंकारिक राष्ट्रपति तथा दुरगामी असर पर्ने खालका प्रत्येक निर्णय जनमत संग्रहद्वारा टुंग्याउनुपर्छ भन्ने मान्यतामा अडिग रहेको छ ।

चुनाव चिह्न गाग्रो तथा अध्यक्ष रुक्मिणि चौधरी रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले विभेदपूर्ण संविधानका धारा र कानून संशोधन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित राष्ट्रपति, जातीय जनसंख्याको आधारमा अधिकारको बाँडफाँटका मुद्दा लिएर निर्वाचनमा होमिएको छ ।

नेपाल सुशासन पार्टीले वर्तमान संविधान र निर्वाचन प्रणालीमा सुधार गर्दै राष्ट्र र जनहितका लागि इमान्दार भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ । अध्यक्ष रमेश खरेल रहेको पार्टीले प्रतिनिधिसभामा ५५ र प्रदेशसभा सदस्यमा १३ उम्मेदवार खडा गरेको छ । – नारायण न्यौपाने/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x