×

NMB BANK
NIC ASIA

माेरङमा साेमबारबाट मात्रै मतगणना हुने

मंसिर ४, २०७९

NTC
Premier Steels

मोरङमा सोमबारबाट मात्र मतगणना हुने भएको छ । मोरङको उत्तरी क्षेत्रमा  सहजरूपमा यातायात आवतजावत नहुने र अन्य जिल्लाको बाटो भएर मतपेटिका ल्याउनुपर्ने भएकाले सोमबारबाट मात्रै मतगणना शुरू गर्न सकिने जिल्ला निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

Muktinath Bank

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले सबै निर्वाचन क्षेत्रको मतपेटिका संकलन भइसकेपछि एकसाथ गणना शुरू गरिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मतपेटिका गणनास्थलसम्म ल्याउन आइतबार रातीसम्मको समय लाग्छ । सोमबारबाट मात्रै मत गणना शुरू हुने सम्भावना  छ’ उनले भने । सर्वदलीय बैठक राखेपछि मतगणनाको समय टुंगो लाग्ने उनले बताए । 


Advertisment
Nabil box
Kumari

मोरङका ६ वटा निर्वाचन क्षेत्रको चार ठाउँमा मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

Vianet communication

निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को विराटनगरस्थित आदर्श माविमा गणना हुने मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले बताए । 

मोरङ क्षेत्र नम्बर–१ को उर्लाबारी नगरपालिकामा, क्षेत्र नम्बर–२ को रतुवामाई नगरपालिकामा रहेको विश्वनाथ मन्दिरमा र क्षेत्र नम्बर–३ को मतगणना बेलबारी नगरपालिका–३ मा रहेको भगवती माध्यामिक विद्यालयमा हुने भएको छ ।

‘अहिले प्रत्येक निर्वाचन क्षेत्रमा तीन वटा गणना स्थल बनाइएको छ,’ उनले भने, ‘आवश्यकताअनुसार पछि थप हुनेछ ।’ एउटा मतगणना स्थलमा ६ जना गणकको टोली रहनेछ ।

मतगणना शुरू भएको तीन दिनभित्र प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

ढिलोमा ८ गतेभित्रमा प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने कार्यालयको दावी छ ।

मतगणना स्थलमा बाँसको बार लगाएर सिसिटिभी जडान गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x