२५ जेठ २०८३, सोमबार

रुपन्देहीका ३ क्षेत्रमा एमाले उम्मेदवारको अग्रता

रुपन्देहीका ३ क्षेत्रमा एमाले उम्मेदवारको अग्रता

रुपन्देहीका पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १, २ र ५ मा नेकपा (एमाले) ले, क्षेत्र नं ३ मा नेपाली कांग्रेस र क्षेत्र नं ५ मा समाजवादी पार्टीका उम्मेदवार उम्मेदवारले अग्रता लिएका छन् ।      

क्षेत्र नम्बर-१ मा सत्तागठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई पाँच सय ७८ मतले पछि पार्दै एमाले उम्मेदवार छविलाल विश्वकर्मा अगाडि छन् । 

एमालेका उम्मेदवार विश्वकर्माले दुई हजार पाँच सय ४२ र भुसालले एक हजार ९ सय ६४ मत प्राप्त गरेका छन् ।     

रुपन्देही क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अग्रता लिएका छन् । स्वतन्त्र पार्टीका उम्मेदवार पौडेललाई पछि पार्दै विष्णु पौडेल एक सय ७५ मतले अगाडि छन् ।

पछिल्लो मत परिणामअनुसार एमाले उपाध्यक्ष पौडेलले पाँच हजार तीन सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले पाँच हजार एक सय ३६ मत प्राप्त गरेका छन् । 

१२ हजार तीन सय २६ मतगणना हुँदासम्म सत्ता गठबन्धनका केशवबहादुर थापा चार हजार ६० मतका साथ तेस्रो स्थानमा रहेको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए । 

प्रदेशसभाका दुई क्षेत्रमै एमालेका उम्मेदवार अगाडि छन् । प्रदेशसभातर्फ १ मा लिला गिरी र २ मा भोजप्रसाद श्रेष्ठ अगाडि छन् ।

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का उम्मेदवार बासुदेव घिमिरेले तीन हजार एक सय ५६ मतका साथ अग्रता कायमै राखेका छन् ।     

एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार घिमिरेले १३ हजार पाँच सय ५९ मत प्राप्त गरेका छन् । 

सत्ता गठबन्धनका उम्मेदवार भरतकुमार शाहले १० हजार चार सय तीन मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले जानकारी दिए ।     

रुपन्देहीको क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाण र क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले अग्रता लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्