माघ १२, २०७९
वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ । पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजक...
‘नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव, २०७९ (निटफेस्ट २०२२)’ को दोस्रो संस्करण शुरू भएको छ । ‘सामाजिक रुपान्तरणको लागि रंगमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ शुरू भएको महोत्सव ९ दिनसम्म थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा चल्नेछ ।
सो महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले महोत्सवले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘रंगमञ्चले मनोरञ्जनसँगै समाजलाई दिने सन्देशले रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ, पर्यटन प्रवर्द्धनमा पनि यस्ता महोत्सवले योगदान पुर्याउँछ ।’
महोत्सवमा सहभागिता जनाउन भारतबाट नेपाल आएकी अभिनेत्री शबाना आजमीले रंगकलाकर्मीको सहभागितामा बनेको मण्डला थियटरको प्रसंशा गरे । ‘समाजमा बदलाव ल्याउन सक्ने सामथ्र्य रंगमञ्चमा छ । नेपालको रंगकर्मीले एकताबद्ध भएर गरिरहनुभएको मेहनत सुन्दर छ । यसले नाटकलाई जीवित राख्छ’, अभिनेत्री आजमीले भने ।
महोत्सवका निर्देशक सिर्जना सुब्बाले कोभिडको कारण तीन वर्षपछि दोस्रो संस्करण आयोजना भएको जानकारी दिइन् । ‘हामीले दिएको नारा झैँ नाटकसमेतमा विविधता छ । नौ दिनसम्म चल्ने महोत्सवले हाम्रो बुझाइको दयारा फराकिलो बनाउनेमा विश्वत छु’, निर्देशक सुब्बाले भने ।
उद्घाटन समारोहमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, कलाकार सरोज खनाल, नाट्यकर्मी अनुप बराल, दयाहाङ राईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ‘इन्द्रधनुष’ नामक नाटक संग्रहसहित पुस्तकसमेत विमोचन गरिएको थियो । १२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरिबाट दुई सयभन्दा बढी नाट्य कलाकार सहभागी छन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।
वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ । पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजक...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
दशवटा टाउको भएको अनि बीसवटा हात भएको रावण हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक हो । हिन्दू परम्परा अनुसार आफ्ना भावनाहरूलाई नियन्त्रणमा राखेर प्रज्ञाको उपयोग गर्दा सर्वोच्चता हासिल गर्न सकिन्छ । त्यसैले राजा ...
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीको दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वी...
पूर्वीय हिन्दू धार्मिक ग्रन्थहरूमा धनुषवाणको पौराणिक कथन निकै रोचक छ । ब्रह्माजीले भगवान् शंकरलाई धनुषवाण समर्पित गरेको कथन छ । त्यसपछि भगवान् शंकरले ईन्द्रलाई र ईन्द्रले परशुरामलाई धनुषवाण समर्पित गरेका थिए । ...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...