माघ २०, २०७९
बारेकोट गाउँपालिकामा १५ शैयाको अस्पतालका निर्माणका लागि शिलान्यास गरेको १८ महिना पुग्यो । तर अहिलेसम्म जग पनि खनिएको छैन । गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको हो ...
पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकामा रहेको पर्यटकीयस्थल देवचुली समुद्र सहतदेखि करीब १ हजार ९३४ मिटरको उचाइमा रहेको छ । अहिले देवचुली नवलपुरसहित आसपासका जिल्लाका पदयात्रीको रोजाइमा पर्ने गरेको छ ।
नवलपुरका विभिन्न भू–भागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भागहरू अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृंखलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू–भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिने जनाइएको छ ।
पर्यटकीय दृष्टिले ‘देवचुली डाँडा’ निकै रमणीय रहेको स्थानीय लोक तिमिल्सिनाले बताए । प्राकृतिकरूपमा निकै सुन्दर ठाउँ रहेको र यहाँ घुम्दा निकै रमाइलो अनुभूति भएको उनले सुनाए । ‘साँच्चै देवचुली डाँडा निकै रमाइलो ठाउँ रहेछ, पहिलोपटक आएँ, डाँडाबाट नजिकै देखिने हिमशृंखला, पहाडका टाकुरा र दक्षिणमा देखिने फाँट निकै मनमोहक लाग्ने,’ उनले भने ।
पदयात्राका क्रममा बीच भागमा आवश्यक मात्रामा होटल, अघिल्लो दिन आउनेका लागि स्तरीय आवासको व्यवस्था भए अझै राम्रो हुने उनले बताए ।
देवचुली पूर्वपश्चिम राजमार्गको दलदलेबाट उत्तरतर्फ रहेको छ । देवचुली डाँडा जाने २ वटा मार्ग छन् । एउटा देवचुली नगरपालिकाको कीर्तिपुर हुँदै र अर्को कुसोतबाट पोखरी हुँदै देवचुली डाँडा जान सकिन्छ । कीर्तिपुर र पोखरीसम्म यातायातको सुविधा छ । पोखरी हुँदै जाँदा करीब २० किलोमिटर दलदलेबाट उत्तर लाग्नुपर्छ । कीर्तिपुरबाट जाँदा १२ किलोमिटरको दूरी पर्छ । त्यसपछि भने पैदलमार्ग शुरू हुन्छ ।
करीब ३ घण्टाको पैदलयात्रापछि देवचुली डाँडा पुग्न सकिन्छ ।
देवचुली डाँडा जाने धेरैजसो पोखरी हुँदै जाने गरेका छन् । यो मार्ग हुँदै जाँदा ठाडो उकालो कम पर्ने हुनाले धेरैले यो मार्ग प्रयोग गर्ने गर्दछन् । यो मार्ग भएर जाने कतिपय अघिल्लो साँझ नै बोझापोखरी पुग्ने गर्दछन् । यहाँ घरबास समेत रहेकाले राति घरबासमा बस्ने, पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने र बिहानै पैदलयात्रामा निस्कने गर्दछन् । कतै वन, बीच भागतिर एकाध घर र साना–साना फाँट छिचोल्दै देवचुली डाँडा पुगिन्छ । देवचुली डाँडा पदयात्राका लागि जिल्लाकै उत्कृष्ट गन्तव्य रहेको कावासोतीका बुलेट सिग्देलले बताए तर पदमार्गलाई थप व्यवस्थित बनाउने, बीचबीचमा विश्रामस्थल निर्माण गर्ने, खानेपानीको व्यवस्था गर्ने, पदमार्गमा बाटोको संकेत चिह्न राख्ने हो भने अझै राम्रो हुने उनले बताए ।
‘केही पूर्वाधारको आवश्यकता रहेको छ, पदमार्ग राम्रो बनाउने, विश्रामस्थल, खानेपानीको व्यवस्था ठाउँठाउँमा बनाउन सके अझै राम्रो हुने थियो,’ उनले भने । रोट्रयाक्ट क्लब अफ नवलपुर सिटीका अध्यक्ष समेत रहेका सिग्देलले देवचुली डाँडाको विकासमा सरोकारवालाको ध्यान जानुपर्ने बताए ।
बारेकोट गाउँपालिकामा १५ शैयाको अस्पतालका निर्माणका लागि शिलान्यास गरेको १८ महिना पुग्यो । तर अहिलेसम्म जग पनि खनिएको छैन । गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको हो ...
धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडर समेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्...
हिजो बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका –६ स्थित सडकमा प्रदेश १–०१–००१ ह ७६२९ नम्बरको सीटी सफारी अनियन्त्रित भई बिहीब...
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको ६ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वाताव...
पटक–पटक म्याद थप्दासमेत सम्पन्न नहुने बागलुङका थुप्रै ठूला आयोजना छन्, तीमध्येको एक हो –बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजना । बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजनाका रूपमा रहेको बागलुङ नगर बृहत् लिफ्...
कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकि छन् । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगाल्दै आएका हुन् । ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...