×

NMB BANK
NIC ASIA

नेशनल लाइफको ३४ औँ साधारणसभा, कम्पनीको सबै वित्तीय सूचांक उत्साहप्रद

मंसिर १८, २०७९

NTC
Premier Steels

नेशनल लाइफ इन्स्योरेन्स ३४औँ वार्षिक साधारण सभा आइतवार कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष सिंहले विगतमा कोभिड १९ महामारी सबैको चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एवं घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगेको बताएकी छन् । उनले राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशातर्फ गएको बताइन् । 

Muktinath Bank

अध्यक्ष सिंहले नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७७÷०७८ मा बीमाको पहुँचमा उल्लेखनीय वृद्धि भएको र नेपाल सरकार, नियामक निकायको सहयोगात्मक नीतिहरूका कारणले गर्दा बीमा बजार आउने दिनहरूमा थप फस्टाउने अपेक्षा गरिन् । लामो समयपश्चात बीमा ऐन २०७९ लागू भएकोमा खुशी ब्यक्त गर्दै उनले यसबाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप ब्यवस्थित भई बीमाको पहुँचमा अझ वृद्धि हुने विश्वास ब्यक्त गरिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आ.व.२०७७/०७८ मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरू उत्साहप्रद रहेको साधारणसभामा जानकारी दिइयो । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले वृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले वृद्धि भई रु.४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले वृद्धि भई रु.३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ.व.२०७७/०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ । 


Advertisment
Nabil box
Kumari

कम्पनीले नेपालगञ्जस्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु गरेको छ । अन्य शाखाहरूमा पनि यो प्रक्रृया शुरु गरिने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ । यसैगरी कम्पनीको आ.व.२०७७/०७८ को बीमांकीय मूल्यांकन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशनअनुसार पर्याप्त ‘फ्युचर बोनस प्राभिजनिङ’ गरेर बीमितहरुलाई दिइआएको बोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको कम्पनीको दाबी छ । 

Vianet communication

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई एक प्रतिष्ठित गैर सरकारी संस्था एक एक पाइलालाई सिन्धुपाल्चोक जिल्लामा सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न ३ वर्षको लागि वित्तीय सहयोग उपलब्ध गराउन समझदारी गरेको छ । 

३४औँ वार्षिक साधारण सभाले आ.व. २०७७/०७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३ करोड १८ लाख ५६ हजार ५१२ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले यही २०७९ साल चैत मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अर्ब पुर्‍याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको बोनस शेयर लाभांशवाट कम्पनीको चुक्ता पूँजी रु.४ अर्ब ६४ करोड ०४ लाख ३१ हजार ८७५ पुगेको छ । बाँकी रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समयभित्र सहज रुपमा पुग्ने स्थिति रहेको कम्पनीले जनाएको छ ।

सभामा अध्यक्ष सिंहले आउने दिनहरूमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक मूख्य बीमकको रूपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गरिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x