×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

अघिल्लोपटक ३० हजार मतान्तर रहेको क्षेत्र एमालेले गुमायो, अन्तिम सीट माओवादीलाई बोनस

मंसिर १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

२०७४ सालको प्रतिनिधिसभा चुनावमा सर्वाधिक धेरै मतान्तरसहित चुनाव जितेको दोलखा नेकपा एमालेले यसपटक गुमाएको छ । 

Muktinath Bank

यसपटकको चुनावमा ३ सय १७ मतको अन्तरले एमाले उम्मेदवार पराजित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी गठबन्धनका एमाले उम्मेदवार पार्वत गुरुङले सर्वाधिक मतान्तरसहित चुनाव जितेका थिए । त्यो बेला गुरुङलाई माओवादीको समर्थन थियो । गुरुङले ५५ हजार ४ सय ५७ मत प्राप्त गर्दा कांग्रेसका रुद्रबहादुर खड्काले २४ हजार ८ सय १३ मत पाएका थिए । अन्तर ३० हजार ६ सय ४४ थियो । 


Advertisment
Nabil box
Kumari

केपी ओलीले सर्वाधिक मत पाए पनि मतान्तरमा गुरुङ अगाडि थिए । २०७४ को त्यो कीर्तिमानी यसपटक एमालेले गुमाएको छ ।

Vianet communication
Laxmi Bank

नेकपा माओवादी केन्द्रका ‘लो प्रोफाइल’का नेता गंगा कार्कीले एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ४ सयको मतान्तरले पराजित गरे । दोलखा एमालेका पूर्वमन्त्रीद्वय आनन्द पोखरेल र पार्वत गुरुङको जिल्ला हो । 

दोलखामा एमाले र माओवादी दुवैले नयाँ उम्मेदवार उठाएका थिए । एमालेले व्यवसायी बालकृष्ण सिवाकोटीलाई उम्मेदवार बनाएको थियो ।

सोमवार बिहान सार्वजनिक अन्तिम नतिजामा कार्कीले ३६ हजार ७ सय ९९ मत पाउँदा एमालेका सिवाकोटीले ३६ हजार ४ सय ८२ मत पाए । 

त्यतिबेला दोस्रो बढी मतान्तरले जित्ने केपी शर्मा ओलीले यसपटक जीत दोहोर्‍याए पनि तेस्रो बढी मतान्तर रहेका भूमि त्रिपाठी समेत पराजित भएका छन् ।

२०७४ मा धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित वाम गठबन्धनका एमाले उम्मेदवार भूमि त्रिपाठीले ४९ हजार १२१ मत पाएका थिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विश्व अर्यालले २१ हजार ९६८ मत पाउँदा मतान्तर नै २७ हजार १५३ थियो ।

यसपालि त्रिपाठी आफ्नै पूर्व सहकर्मी समेत रहेका सत्ता गठबन्धनका उम्मेदवार (नेकपा एस) राजेन्द्र पाण्डेसँग फराकिलो मतान्तरले पराजित भएका छन् ।

यसपटक पाण्डे ३६ हजार १८ मत ल्याएर विजयी हुँदा त्रिपाठीले २७ हजार ९९७ मत पाएका छन् । उनीहरूबीचको मतान्तर नै ८ हजार २१ छ ।

२०७४ मा एमालेले बढी मतान्तरले जितेका ३ क्षेत्र :

यसपालि (२०७९) को प्रतिनिधि सभा चुनावमा सर्वाधिक मतान्तरको कीर्तिमानी भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले बनाएका छन् । 

नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार २ सय १ मतान्तरले रवि विजयी भएका थिए । रविले ४९ हजार ३ सय मत प्राप्त गर्दा उमेशले १५ हजार ९९ मत पाएका थिए । 

सर्वाधिक धेरै मत ल्याउने कीर्तिमानी यसपटक पनि ओलीले बनाएका छन् । ओलीले ५२ हजार ३ सय १९ मत पाउँदा कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाए । 

ओलीपछि धेरै भोट रविले पाए भने सर्वाधिक धेरै मत ल्याउने तेस्रो कीर्तिमानी गोकुल बाँस्कोटाले बनाएका छन् । अघिल्लोपटक धेरै भोट ल्याउनेमा बाँस्कोटा दोस्रोमा थिए । 

माओवादीको खातामा बोनस थपेका कार्कीको जीतसँगै प्रतिनिधि सभाको प्रत्यक्षतर्फको गणना सकिएको छ । 

कार्कीको जितसँगै प्रतिनिधि सभामा एमालेलाई ४४ मा रोक्दै माओवादी केन्द्रले १८ सीट बनाएको छ । अन्तिम नतिजा अनुसार कांग्रेसले ५७, एमालेले ४४ र माओवादीले १८ सीट सुरक्षित गरेका छन् ।

यस्तै नेकपा एसले १०, रास्वपा, राप्रपा र जसपाले समान ७ सीट जितेका छन् । स्वतन्त्रले ५, लोसपाले ४ र नागरिक उन्मुक्तिले ३ सीट जित्दा नेमकिपा, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले १–१ सीट जितेका छन् ।

समानुपातिकतर्फको भने अन्तिम परिणाम आउन बाँकी छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x