माघ १६, २०७९
भक्तपुरको जगातीमा आइतबार गरिएको चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २५ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । १ सय ५ भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाईटहरु द...
तनहुँ | मंसिर २१, २०७९
तनहुँको व्यास नगरपालिकाले दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना अघि सारेको छ । व्यास नगरपालिका १० वैरेनीको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्रक्रिया अघि बढाइएको हो । सो आयोजनाका लागि नगर विकास कोषको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी हुनेछ । कोषले रु नौ करोड १० लाख ५० हजार चार सय र अन्य रकम प्रदेश तथा नगरपालिकाले लगानी गर्ने छन् ।
आयोजनाको २०८० सालभित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको रहनेछ भने वार्षिक आठ प्रतिशत ब्याजदरमा ऋण लगानी गरिने कोषले जनाएको छ ।
उक्त क्षेत्रको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख इन्जिनियर रवीन्द्र मूलले जानकारी दिए । २०७७ माघमा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजनाको सुरुआत गरी विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि प्रक्रिया अघि बढाइएको उनले बताए ।
नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र नगर विकास कोष (एनसेट) का कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरी ऋण सम्झौता गरेका हुन् । दमौली बजार र भादगाउँ क्षेत्र बस्तीले साँघुरिँदै गएको अवस्थामा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगर विकास कोषसँग हातेमालो गर्दै नगरपालिका अघि बढेको नगरप्रमुख न्यौपानेले बताए । रासस
भक्तपुरको जगातीमा आइतबार गरिएको चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २५ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । १ सय ५ भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाईटहरु द...
विराटनगर महानगरपालिका –६ र ११ को सिमानास्थित केशलीया नहरबाट करिब १८ केजी अवैध लागूऔषध गाँजा आइतबार प्रहरीले बरामद गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको चेकिङ टोलीलाई पूर्व...
गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको ...
तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ । यहाँ स्वदेशी मात्र नभई विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ । नेपाल आएकामध्ये पर्यटक बन्दीपुर पनि आउने गरेको व्यवसायीको भनाइ छ । ...
दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो । यहाँ राखिएको फोहरले मालढुङ्गाका स्थानीयदे...
वर्दिया प्रहरीले फरार सूचीका प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार मधुवन नगरपालिका ९ का मानबहादुर बाठालाई आइतबार प्रहरीले पक्...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...