पुस १२, २०८०
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
मंसिर २३, २०७९
‘१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत
त्यही रगतले पराईजस्तो भयो मेरो जगत
संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो
जन्मदिने बा–आमाले पानी बार्दिनु भो
आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु’
माथिका शब्दलहर ‘पर–पर छु’ बोलको गीतका हुन् । गायक एवं सर्जक प्रकाश सपूतले यसका शब्दलहर तयार पारेका हुन् । उनैले भाका बनाएका हुन् । त्यसमा तुलसी बोहोराले स्वर दिएकी हुन् ।
राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा महिनावारी सचेतनाका लागि तयार पारिएको गीत अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसर पारेर हिजो (बिहीवार) बेलुका सार्वजनिक गरिएको छ ।
प्रकाश लोकसंगीतका एक यस्ता प्रतिभा हुन्, जो अलग–अलग विषयवस्तुलाई गीत–संगीतमार्फत पेश गर्दै आएका छन् । त्यो पनि अत्यन्तै मनछुने तरिकाले । ‘पर–पर छु’ भने सचेतनाका लागि प्रकाशको सिर्जनात्मक प्रयास हो । जसमा उनले एकदमै मनछुने शब्द लेखेका छन् । जुन उत्तिकै मर्मस्पर्शी पनि छन् । उत्तिकै मिठो भाका तयार पारेका छन् ।
‘प्रकृतिको नियम होला तन दुखेको थियो
समाजको नियमले झन मन दुखेको थियो
प्रकृति र समाजको नियम मानिरहे
केटाकेटी जस्तै थिए केटी मात्रै भए
आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु’
गायिका तुलसीले उत्तिकै मिठासपूर्ण तरिकाले गीत गाएकी छिन् । भिडियोमा अभिनेत्री केकी अधिकारी, प्रकाश सपूत र सेबिता अधिकारीले अभिनय गरेका छन् । कथानक तरिकाले यसको भिडियो निर्माण गरिएको छ, प्रकाशकै कथा एवं निर्देशनमा । गीतको मर्म झल्कनेगरी उनले भिडियो निर्माण गरेका छन् ।
केकी अधिकारी फिल्मस् र आरन प्रोडक्सनको प्रस्तुतीमा तयार गीतको भिडियोमा संवाद केकी र प्रकाशले संयुक्त रुपमा मिलेर तयार पारेका हुन् । केकी र प्रकाशले यसअघि बलात्कारको विषयमा निर्माण गरिएको ‘बदला बरिलै’ बोलको गीतमा सहकार्य गरेका थिए ।
अमित पोख्रेलले सब–टाइटलका लागि अंग्रेजी अनुवाद गरेका छन् ।
भिडियोमा नवराज उप्रेतीको छायाँकन, प्रबिन भट्टको सम्पादन एवं रंग संयोजन छ । भाग १ भनिएको यस गीतलाई प्रकाशले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएसँगै गीतलाई लिएर सकारात्मक प्रतिक्रियाहरु आएका छन् ।
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...