×

NMB BANK
NIC ASIA

समानुपातिक समावेशिताको विषय कानूनी र प्राविधिक विषय मात्रै बन्नु दुखद् : राष्ट्रिय मानव अधिकार आयोग

मंसिर २४, २०७९

NTC
Premier Steels

राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनमा समानुपातिक समावेशिताको विषय कानूनी र प्राविधिक विषय मात्रै बन्नु दुखद् भएको बताएको छ । शनिवार ७४ औँ राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोगका अध्यक्ष तपबहादुर मगरले समावेशितालाई संविधानअनुसार अंगीकार गरी कार्यान्वयनमा ल्याउनु सरकार, राजनीतिक दल र सबै सरोकारवालाहरूको दायित्व भएको बताए । 

Muktinath Bank

अध्यक्ष मगरले लैंगिक हिंसा, जातीय विभेद तथा छुवाछुतका घटनाहरूमा पीडितको न्यायमा सहज पहुँच हुन नसकेको बताए । उनले फौजदारी कसुरका आरोपी तथा पुर्पक्षमा रहेका व्यक्ति र आयोगले मानव अधिकार उल्लंघनमा दोषी भनी कारबाहीको लागि सिफारिस गरेका व्यक्तिलाई समेत राजनीतिक दलहरूले उम्मेदवार बनाउने अवस्थाले विधिको शासन र मानव अधिकारका मूल्य, मान्यता र संस्कृति निर्माणमा चुनौती थपेको बताए । उनले नेपालको संविधानले परिकल्पना गरेबमोजिम समानुपातिक र समावेशी सिद्धान्तको आधारमा समतामुलक समाजको निर्माण गरी मानव अधिकार उपभोगको वातावरण बनाउन, लक्षित तथा सीमान्तकृत वर्गको मानव अधिकारको सुनिश्चितता गर्ने, गराउने कार्यमा उपलब्धिहरू हासिल गर्न राज्यका सबै अंगहरूको मानव अधिकारप्रतिको बुझाइमा एकरुपता र प्रतिबद्धतासहितको सक्रियता र परिचलन आवश्यक रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष मगरले संवैधानिक प्रावधान र सर्वोच्च अदालतको आदेशका बाबजुद आयोगले दोषीलाई मुद्दा चलाउनु भनी गरिएका सिफारिस कार्यान्वयन गर्न प्रष्ट कानूनी व्यवस्था हुन नसक्नु चुनौतीको विषय रहेको बताए । उनले राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ नेपालको संविधान अनुकूल हुनेगरी संशोधन हुन नसकेको पनि बताए । उनले पेरिस सिद्धान्तको मर्मअनुरुप आयोगको आर्थिक स्वायत्तता सुनिश्चित हुन नसकेको बताउँदै उनले राष्ट्रिय मानव अधिकार संस्थाहरूको विश्वव्यापी सञ्जाल गान्ह्रीको एससीएले गरेको सिफारिस कार्यान्वयन गर्नसमेत सरकारलाई आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

अध्यक्ष मगरले गत वर्षको मानव अधिकार अवस्थाभन्दा यसवर्ष मानव अधिकार अवस्थामा केही सुधार भएको बताए । आयोगले ५०३ उजुरीमाथि अनुसन्धान सम्पन्न गरी ४१४ वटा उजुरीमा निर्णय गरेको जनाएको छ । जसमध्ये, राहत, क्षतिपूर्ति र कारबाहीको लागि ९२ उजुरी सिफारिस भएका छन् । ५ जना व्यक्तिलाई मानव अधिकार उल्लंघनमा दोषी ठहर गरिएको जनाएको छ । त्यस्तै नीतिगत सिफारिस ६ वटा रहेका छन् । सिफारिस कार्यान्वयनको अवस्था हाल १५.३ प्रतिशत पूर्ण, ३९.२ प्रतिशत आंशिक र कार्यान्वयन हुन नसकेको ४५.५ प्रतिशत रहेको आयोगले जनाएको छ । आयोगको कर्मचारीहरूको सेवा, शर्त र सुविधा सम्बन्धी ऐन जारी हुन नसक्नु र आयोगको सांगठनिक संरचना नेपाल सरकारबाट हालसम्म पनि स्वीकृत हुन नसक्दा कर्मचारीहरूको वृत्ति विकास र सेवा, सुविधा प्रभावित बने जोखिम रहेको बताएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x