×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशका १६ समानुपातिक सांसदमध्ये एक्ला पुरुष कलबहादुर

मंसिर २५, २०७९

NTC
Premier Steels

प्रमुख दलहरूले प्रत्यक्षमा महिलालाई टिकट नदिँदा कर्णाली प्रदेश सभामा समानुपातिकका कूल १६ सिटमा १५ जना महिला उम्मेदवारलाई सिफारिस गर्नुपरेको छ । समानुपातिक मत परिणामअनुसार कर्णाली प्रदेश सभाका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसले पाँच–पाँच सिट, नेकपा (माओवादी केन्द्र)ले चार, नेकपा (एकीकृत समाजवादी) र राप्रपाले एक–एक वटा पाएका थिए । 

Muktinath Bank

प्रत्यक्षका २४ सिटमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका छन् । जसले गर्दा दलहरूले आफूले पाएको समानुपातिक सिटमा महिला पठाउनुपरेको हो । ४० सदस्यीय प्रदेश सभामा १५ जना महिला सदस्य हुँदा महिलाको प्रतिनिधित्व करिब ३८ प्रतिशत हुने भएको छ । संविधानमा संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनैपर्ने व्यवस्था छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१६ समानुपातिक सिटमध्ये एक जनामात्र पुरुष परेका छन् । एमालेबाट खस–आर्य पिछडिएको क्षेत्रबाट हुम्लाका कलबहादुर हमाल प्रदेश सभा सदस्यमा सिफारिस भएका हुन् । एमालेले शनिवार उनीसँगै चार महिलाको नाम निर्वाचन आयोगमा पठाएको हो । 


Advertisment
Nabil box
Kumari

अदानचुली गाउँपालिका ५ निवासी ६१ वर्षीय हमाल एमाले हुम्लाका जिल्ला अध्यक्ष हुन् । उनी जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको प्रदेश सह–संयोजक समेत हुन् । निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा खस आर्यको तीन नम्बर रहे पनि पिछडिएको क्षेत्रबाट प्राथमिकता क्रममा एक नम्बरमा रहेकाले एमालेले एक जना पुरुषमा उनलाई सिफारिस गरेको हो । 

Vianet communication

खस आर्य कलष्टरमा सुर्खेतका बालाराम शर्मा प्राथमिकता क्रम एक नम्बरमा थिए । तर, पिछडिएको क्षेत्रबाट दुई जना पठाउनुपर्ने बाध्यता भएपछि शर्माको साटो तीन नम्बरका हमाललाई पठाइएको हो । हमालसँगै एमालेले पिछडिएको क्षेत्रबाट दलित महिला कलष्टरकी गमता विक (दैलेख) लाई सिफारिस गरेको छ । 

एमालेले दक्षिणा शाही (कालीकोट), तुल्सा मल्ल (रुकुम पश्चिम) र नन्दा गुरुङ (सुर्खेत) लाई सिफारिस गरेको छ । 

कांग्रेसले जानकी सिंह, बलिमाया बुढा (सुर्खेत), लक्ष्मी सुनार (सल्यान), विजया बुढा (हुम्ला) र इन्द्रा शाही (दैलेख) लाई सिफारिस गरेको छ । माओवादी केन्द्रले भने आफूले पाएका चार सिटमा निर्वाचन आयोगलाई सिफारिस गरेको विवरण सार्वजनिक गरेको छैन । नेकपा एकिकृत समाजवादीले कल्याणी खड्का (रुकुम पश्चिम) र राप्रपाले सन्तोषी शाही (सुर्खेत) लाई सिफारिस गरेको छ । 

मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमध्ये कांग्रेस र माओवादी केन्द्रले ९–९ , एमालेले ५ र स्वतन्त्रले १ स्थानमा जितेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x