×

NMB BANK
NIC ASIA

मुगु सदरमुकाम गमगढी र हुम्लाको चंखेली गाउँपालिका सडक सञ्जालमार्फत जोडिएका छन् । गमगढीबाट चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किमी सडक निर्माण सम्पन्न भएसँगै त्यस भेगका बासिन्दाको गाडी चढ्ने सपना पूरा भएको छ । सडक पहुँच नहुँदा चंखेली गाउँपालिका र आसपासका बासिन्दा गमगढीस्थित ताल्चा विमानस्थल आउन कष्टकर पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । 

Muktinath Bank

सडक निर्माणपछि यातायातका साधनमार्फत गमगढीदेखि छायाँनाथ रारा नगरपालिकाको वडा नं १३ र १४ हुँदै हुम्लाको दक्षिणी भेगमा अवस्थित चंखेली गाउँपालिकामा पुग्न सकिन्छ । चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले स्थानीय बासिन्दालाई सुर्खेत, नेपालगञ्ज आउन दुई दिन हिँडेर गमगढी आउनुपर्ने बाध्यता हटेको बताए । ‘अब आउजाउमा धेरै सजिलो भयो, लामो प्रयासपछि सडक निर्माणले सार्थकता पाएको छ’, उनले भने, ‘चंखेलीबाट यही रोड हुँदै मुगु–डोल्पा–बाग्लुङ र पोखरासम्म पुग्न सकिनेछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो सडकले चंखेली हिमालको ३ हजार ३०० मिटरको अग्लो डाँडा पार गरेको छ । ६७ किमीमध्ये मुगु क्षेत्रमा ३३ र हुम्ला क्षेत्रमा ३४ किमी पर्दछ । यस सडक खण्डमा चार वटा पुल निर्माण गरिएका छन् । बेलायती सरकारको सहयोगमा सञ्चालित ग्रामिण पहुँच कार्यक्रम (तेस्रो चरण) अन्तर्गत १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार लागतमा निर्माण भएको यो सडक साढे चार मिटर फराकिलो छ ।


Advertisment
Nabil box
Kumari

उक्त सडक बेलायती राजदूत निकोला पोलिटले बिहीवार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हस्तान्तरण गरिन् । सडक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री शाहीले आफू सात वर्षको उमेरमा चंखेलीको बाटो हुँदै हिँडेको स्मरण गरे । ‘हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मानिस हिँड्न धौ–धौ हुने सडकमा अहिले गाडी गुडाएर आएका छौँ’, उनले भने, ‘विकासको पहिलो आधार नै सडक हो, सडक भएपछि अरु आवश्यकता पनि पूरा हुँदै जान्छन् ।’

Vianet communication

बेलायती राजदूत निकोला पोलिटले गमगढी–देउली मोटरेबल लिंक रोडले खुट्टाले हिँड्ने बाटोलाई प्रतिस्थापन गरेको बताइन् । उनले भनिन्, ‘यो बेलायतले नेपालमा निर्माण गर्न मद्दत गरेको सबैभन्दा लामो ग्रामीण सडक हो, बेलायती सरकारको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरण बनेको छ ।’ राजदूत पोलिटले सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आउने अपेक्षा रहेको बताइन् । 

२०१८ अक्टोबरबाट शुरू भएको सडक निर्माणका क्रममा ४ हजार ४०० बढी स्थानीय श्रमिकलाई रोजगारी दिइएको र श्रमशक्तिको ३५ प्रतिशत भन्दाबढी महिलाहरू सहभागी भएको ग्रामिण पहुँच कार्यक्रम तेस्रो चरणले जनाएको छ । महिलालाई पुरुष समान ज्याला दिइएको थियो । कार्यक्रमका अनुसार सडकमा काम गर्ने प्रत्येक श्रमिकले आठ लाख रुपैयाँ बढी आम्दानी गर्न सफल भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x