×

NMB BANK
NIC ASIA

छोराले सेन्चुरी प्रहार गरेपछि सचिनले भने– हरेक बुबा आफ्नो सन्तानबाट चिनाउन चाहन्छन्

पुस १, २०७९

NTC
Premier Steels

भारतीय कीर्तिमानी क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुनले आफ्नो डेब्यु खेलमै सतक प्रहार गरेका छन् । गोवाविरुद्ध रणजी डेब्यु खेल खेल्दा पहिलो इनिङ्समा १२० रन बनाएर आफ्ना पिता सचिनसँगको कीर्तिमान बराबर गरेका थिए । सचिनले पनि सन् १९८८ मा रणजी डेब्यु खेलमा शतक बनाएका थिए । अब छोराको यो सफलतामा ‘मास्टर ब्लास्टर’को बयान आएको छ । उनले यो आफ्नो लागि ‘गौरवको विषय’ भएको बताए । 

Muktinath Bank

सचिनले एक टेलिभिजन अन्तरवार्तामा आफ्नो डेब्यु शतक र बुबा रमेश तेन्दुलकरसँग जोडिएको एउटा किस्सा सुनाउँदै भने, ‘मलाई अझै पनि याद छ जब मेरो क्रिकेटको शुरुका दिनहरूमा मेरो बुबालाई कसैले ‘सचिनको पिता’ भनेर बोलाएको थियो । त्यसपछि मेरो बुवाको साथीले सोधे तिमीलाई कस्तो लाग्छ ? उनले भनेका थिए कि यो मेरो जीवनको सबैभन्दा गर्वको क्षण हो । हरेक बुबा आफ्नो बच्चाको कामबाट चिनिन चाहन्छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्रिकेटरको छोरा हुँदा दबाब


Advertisment
Nabil box
Kumari

अन्तर्वार्तामा सचिनले क्रिकेटरको छोरा हुँदा थप दबाब महसुस हुने बताएका छन् । उनले यसअघि पनि अर्जुनलाई आफूसँग तुलना नगर्न आग्रह गरेका थिए । ‘उसलाई थप दबाब नदिनुहोस् । मेरा आमाबाबुले मलाई कहिल्यै दबाब दिनुभएन’, सचिनले भनेका थिए । खेलअघि सञ्चारमाध्यमले छोरा अर्जुनका बारेमा प्रश्न गर्दा ‘पहिले प्रदर्शन गर्न दिनुहोस्, उनको प्रदर्शनपछि मात्रै केही भन्नु उचित हुनेछ’ भनेका थिए । 

Vianet communication

सतक बनाउनुअघि अर्जुन र सचिनबीच कुराकानी 

सचिनले डेब्यु म्याचको पहिलो दिन छोरासँग कुरा भएको खुलासा गरेका छन् । ‘मैले उनलाई शतकका लागि खेल्न भनेँ । उनी पहिलो दिनको अन्त्यसम्म ४ रनमा अपराजित रहे । उनले टोलीको लागि कति राम्रो स्कोर हुनेछ भनेर सोधेका थिए’, सचिनले भने, ‘पहिलो दिन टस हारेर ब्याटिङ गरेको गोवाले ५ विकेट गुमाएर २१० रन बनाएको थियो । मैले उसलाई भने कि कम्तिमा ३७५ अंक राम्रो हुनेछ । तब अर्जुनले भने कि पक्का भन्न सकिन्छ ? त्यसपछि मैले हो भनेँ, तिमी गएर सय बनाउनुपर्छ । त्यसपछि उसले मलाई सोध्यो के तपाईं गएर शतक बनाउन सक्नुहुन्छ भन्ने विश्वास गर्नुहुन्छ ?’

अर्जुनले बनाए १२० रन

गोवाका लागि अर्जुनले पहिलो इनिङ्समा २०७ बल सामना गर्दै १२० रन बनाएका थिए । उनले आफ्नो इनिङ्समा १६ चौका र २ छक्का प्रहार गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x