माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पुस ३, २०७९
चन्द्रमाया विकले विगत लामो समयदेखि काठमाडौंको सडकमा पानी लगायतका सामान बोकेर बिक्री गर्दै आएकी थिइन् ।
शुक्रवार सडकमा हिँडिराखेको समयमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सामान खोसेर लगे । हिँडिराखेको अवस्थामा डोको र नाङ्लो लगेकोमा उनको गुनासो छ ।
‘मैले कतै राखेको भए पो उठाएर लैजानु जायज हुन्थ्यो तर म सडकमा हिँडिराखेको अवस्थामा खोसेर लगे,’ चन्द्रमायाले लोकान्तरसँगको कुराकानीमा रुँदै भनिन्,’ ‘त्यसरी लान पाइँदैन नि ! हामी गरीबको सामान त्यसरी उठाउ भनेको त छैन नि !’
उनको हातमा पनि समस्या आएको छ । नगर प्रहरीका कर्मचारीले दुर्व्यवहार गरेरै उनको सामान खोसेर लगेका हुन् । बालबच्चा पाल्नका लागि दैनिक सडकमा सामान बिक्री नगरेको खण्डमा उनको चुलो बल्दैन । शुक्रवार उनलाई ज्वरो आएको थियो । त्यति हुँदा पनि मेडिकलमा ५२० रुपैयाँको औषधि किनेर सामान बोकेर आउँदै थिइन् उनी तर महानगरका प्रहरीलाई झोलाको औषधि माग्दा पनि नसुनिकन सामान खोसेर लगेको गुनासो उनले गरिन् ।
‘मलाई ज्वरो आएको थियो । काम गर्नैपर्ने भएकाले सामान बोकेर जाँदै थिएँ तर सबै सामान खोसे औषधि त देऊ भन्दा पनि सुनेनन्,’ चन्द्रमायाले आँसु चुहाउँदै भनिन्, ‘बेलुका तरकारी खाने खुजुरा पैसा पनि झोलामा थियो तर कति थियो भन्ने गनेको थिइनँ ।’
चुनाव जितेर राम्रो काम गर्लान् भनेर नयाँ मान्छेलाई भोट हालेको तर त्यही व्यक्तिले नै आफ्नो मुखको गाँस खोस्न आएको भोग्नुपर्दा बेकारमा भोट हालेको उनको गुनासो छ । आफूले सडकमा सामान बेचेर नकमाएको खण्डमा खान नपाएर साना–साना बालबच्चाहरू मर्ने अवस्था आएको उनको भनाइ छ ।
कमाइ खाने भाँडो महानगरपालिकाले खोसेपछि खाने समस्या भएकाले विगत २ दिनदेखि बालबच्चा र आफू रुँदै बसेको चन्द्रमायाले बताइन् ।
‘हामी त भोकै बस्न सकौंला १–२ दिन तर यी साना लालाबाला कसरी बस्छन् ? उनीहरू रुँदै मर्लान् भन्ने चिन्ता छ । हुनेखाने पो किनेर खालान्, हामी जस्ता दिनकै कमाएर बेलुका मुख जोर्ने कसरी बाँच्ने ? रुँदै मर्नेभन्दा अरू विकल्प पनि त छैन नि !’ चन्द्रमायाले भनिन्, ‘भोलिदेखि कि त हामफालेर मर्नुपर्यो कि त खान नपाएर मर्नुपर्यो ।’
चन्द्रमाया खोसिएको सामान लिन जाँदा नगर प्रहरीले अब तिम्रो सामान पाउँदैनौ भनेर फर्काइदिए । उनले आफ्नो सामानभन्दा पनि औषधि र भएका पैसा माग्दा पनि नदिएको गुनासो गरिन् ।
‘हाम्रो अरू सामान लगे पनि पैसा र भएको सामान पैसा तिरेर दिए त्यो बेचेर भए पनि २–४ दिनको गुजारा चलाउन सहयोग पुग्थ्यो,’ उनले लोकान्तरसँग भनिन् । उनले अब सटरमा व्यापार गर्नसक्ने अवस्था पनि नभएकाले पसलमा झाडुपोछा गरेर भए पनि बच्चाबच्ची पढाउने सोच बनाएकी छन् ।
वैशाखको स्थानीय चुनावमा बालेन शाहले चुनाव जित्ने भए भन्ने सुनेर राष्ट्रिय सभागृह अगाडि खुशीयाली मनाउन पुगेकी थिइन् दोलखाबाट काठमाडौं झरेकी शर्मिला तामाङ । उनलाई लागेको थियो अरू नेताले भन्दा बालेनले केही राम्रो काम गर्नेछन्, गरीब दुःखीलाई हेर्नेछन् तर अहिले बालेनकै कारणले गर्दा उनका छोराछोरीको मुखको गाँस खोसिएको छ ।
पतिले दिनदिनै मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने भएकाले उनी आफू सडकमा काम गरेर भए पनि छोराछोरीलाई पढाउने भनेर ५ वर्ष अगाडि काठमाडौं आएकी थिइन् । उनले वसन्तपुरको एउटा कुनामा नाङ्लोमा अमला, स्याउ, मास्क लगायतका सामानहरू बेच्दै कोठा भाडा तिर्दै आएकी थिइन् । अहिले महानगरपालिकाका कर्मचारीले सामान उठाएर लैजाने गरेकाले उनका छोराछोरीलाई बिहान–बेलुका पेट भर्नका लागि समस्या भएको शर्मिलाले बताइन् ।
‘अहिले बालेन आए पछि मेरा छोराछोरीले पेटभर खान समेत पाएका छैनन्,’ शर्मिलाले भनिन्, ‘मैले नाङ्लो बोकेर भाग्न पनि सक्दिनँ, यस्तै भयो भने तीनै जना एकै ठाउँ मर्नुपर्ने अवस्था आउँछ ।’ छोराछोरीले अरू केही गरौंला नि त भनेका छन् तर उनले जानेको अरू केही छैन, सटरमा राखेर व्यापार गर्न पैसा छैन ।
महानगरपालिका आयो भने परैबाट लछारपछार गरेर लैजान्छ । उनको पनि यसअघि महानगरपालिकाले ६ पटकसम्म सामान लगिदिएको छ । ‘लगेको सामान ल्याउन जरिवाना तिर्न करीब ८ दिन लाग्छ । त्यो बेलासम्म लगेकोभन्दा ५ भाग कम सामान पाइन्छ । महानगरपालिकाले कतिपय अवस्थामा जरिवाना तिरेर कुहिसकेको सामान फिर्ता दिन्छ,’ उनले भनिन् ।
महानगरपालिकाले लगेका सामानहरू नगर प्रहरी र कर्मचारीले घर लैजाने गरेको गुनासो अधिकांश डोके व्यापारीको छ । महानगरपालिकाले उठाएका सामानभन्दा निकै कम सामानहरू दाखिला गर्ने गुनासो व्यापारीले गरेका छन् ।
महानगरपालिकाका नगर प्रहरी निरीक्षक (इन्सपेक्टर) तथा महानगरपालिको आन्तरिक प्रशासन कार्यालय टेकुका प्रमुख राजनकुमार कार्कीका अनुसार महानगरपालिकाले उठाएका सामानहरू फिर्ता दिने गरेको छ । उनका अनुसार महानगरपालिकाले लिन आउने ठेला व्यापारी, साइकल व्यापारी र डोके व्यापारीका सामान धेरै फलफूल तथा सामानहरू भएका व्यापारीसँग ५०० जरिवाना, तरकारी व्यापारीसँग २०० जरिवाना र चाउचाउ, चुरोट र खाद्यान्नका व्यापारीबाट ३०० रुपैयाँका दरले जरिवाना लिने गरेको छ ।
महानगरपालिकाले १ दिनमा ८६ हजार रुपैयाँसम्म जरिवाना उठाउने गरेको छ । महानगरपालिकाले मंसिर २५ गते बग्गीखानामा भएको युनिटले ५२ वटा मोटरसाइकलहरू उठाएको थियो । ५७ जनालाई कारवाही गर्दा ५७ हजार रुपैयाँ जरिवाना उठाएको थियो । आन्तरिक प्रशासन (महानगरपालिकाका कर्मचारीले उठाएको) बाट सडकपेटीमा रहेका ठेला, आइसक्रिम ठेला गाडी, साइकलहरू ४ वटा नियन्त्रणमा लिएको थियो, जसबाट ६ हजार ६०० रुपैयाँ जरिवाना उठाएको छ ।
महानगरपालिकाको आन्तरिक प्रशासन टेकुको तथ्यांक अनुसार नै मंसिर २३ गते आन्तरिक कारबाहीमा कुनै शुल्क उठाएन तर बग्गी खानाको युनिटबाट ४७ जनालाई कारवाही गर्दा ४७ हजार रुपैयाँ जरिवाना उठाएको छ । महानगरपालिकाको तथ्यांकमा आन्तरिक जरिवानाबाट मंसिर २२ गते ७ हजार ७०० रुपैयाँ ७७ जनाबाट उठाएको थियो ।
महानगरपालिकाले दैनिक रूपमा औसतमा ९० हजार रुपैयाँ उठाउने गरेको देखिन्छ । त्यसमा अव्यवस्थित रूपमा राखिएका पार्किङ, ठेलागाडा, साइकल लगायतबाट जरिवाना लिने गरेको छ तर महानगरपालिकाले नियन्त्रणमा लिएका ठेलागाडा, साइकल, तरकारीका क्यारेट लगायतका सामानहरू फिर्ता दिने गरेको छैन ।
‘हामीले नियन्त्रणमा लिएका कुनै पनि सामान फिर्ता दिँदैनौं । लिलामी हुने सामानहरू केही समयपछि लिलामी हुन्छ, अरू सामान खाल्डोमा हालिदिन्छौं,’ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने, ‘कवाडीमा कच्याककुचुक पारिदिन्छौं ।’
प्रवक्ता मानन्धरका अनुसार कुनै पनि सामानहरू फिर्ता हुँदैनन् । नियन्त्रणमा लिएका सबै सामानहरू महानगरले काम लाग्नेलाई लिलामी गर्ने र कुहिने सामानहरू फोहोरको रूपमा खाल्डोमा पारिदिने प्रवक्ता मानन्धरले बताए ।
महानगरपालिकाका कर्मचारीले नियन्त्रणमा लिएका सामानहरू आफूखुशी प्रयोग गरेकोबारे कुनै जानकारी नभएको प्रवक्ता मानन्धरको दाबी छ । ‘त्यो तपाईंहरूलाई थाहा होला, हामीलाई छैन,’ प्रवक्ताले लोकान्तरसँग भने ।
गरीबका ठेला खोसेर साढे ४ महिनामा साढे ३ लाख असूली
काठमाडौं महानगरपालिकामा वैशाखामा बालेन शाह मेयरमा निर्वाचित भएका थिए । नेकपा एमालेका केशव स्थापितलाई हराउँदै चर्चै नभएका शाहले अप्रत्यासित रूपमा जीत हासिल गरे । त्यसपछि उनको चर्चा चुलियो । युवा भएकाले काठमाडौं महानगरपालिकाको मुहार फेर्ने अपेक्षा धेरैको थियो । उनले प्रतिनिधिसभा र प्रदेशको निर्वाचनभन्दा अगाडि काठमाडौं महानगरभित्र मापदण्ड विपरीत बनेको भन्दै सडक छेउका पसल र घरहरूमा डोजर लगाए । उनले डोजर लगाएपछि मिश्रित प्रतिक्रिया आयो ।
उपत्यकामा बस्ने र घरमा डोजर लागेकाहरूले विरोध गरे भने उपत्यका बाहिरकाले प्रशंसा गरे । त्यसमा उनको प्रशंसा नै अगाडि आयो ।
त्यसपछि उनले सडकपेटीमा नाङ्लो व्यापार गरेर गरिखानेको विकल्प विना नै धरपकड गर्न थालेपछि उनको आलोचना शुरू भएको छ । महानगरपालिकाले अहिले तिनै सडकमा २–४ रुपैयाँ कमाएर परिवार पालेका गरीबका ठेलागाडा उठाएर महानगरको आन्तरिक प्रशासन कार्यालय टेकुले साढे ४ महिना अर्थात् साउन १ गतेदेखि मंसिर १३ गतेसम्म ३ लाख ४३ हजार ८०० रुपैयाँ जरिवाना बापतको पैसा उठाएको छ ।
महानगरपालिकाले ठेलामा भएका फलफूल फिर्ता लैजाने, खाद्यान्न फिर्ता लैजाने र कपडा फिर्ता लैजाने गरीबबाट ५००, ३०० र २०० रुपैयाँ जरिवाना गरेर रकम उठाएको छ ।
महानगरपालिको तथ्यांकअनुसार साउन महिनामा ३३ वटा ठेलागाडा र साइकल उठाएर ३१ हजार ९००, भदौ महिनामा ७४ वटा ठेलागाडा उठाएर ८६ हजार ८००, असोज महिनामा १२८ ठेलागाडा उठाएर १ लाख १५ हजार ४००, कात्तिक महिनामा ६४ वटा उठाएर ५७ हजार ८०० र मंसिरको १३ गतेसम्म ५२ ठेलागाडा उठाएर ४२ हजार ९०० रुपैयाँ जरिवाना बापतको रकम उठाइएको महानगरपालिकाका नगर प्रहरी प्रवक्ता राजु पाण्डेले बताए ।
महानगरले यो अवधिमा १५६ साइकल र १५५ वटा ठेलागाडा, आइक्रिम गाडा, पानीपुरी गाडा गरी ३११ वटा नियन्त्रणमा लिएको छ । महानगरपालिकाले त्यसमा भएका सामानको तथ्यांक राख्ने गरेको छैन ।
टेकु कार्यालयमा कालिज र भालेले कर्मचारीलाई सास्ती
ठमाडौं महानगरपालिकाले सडकपेटीमा राखेका २ वटा क्यारेट उठाएर १ हप्ता अगाडि ल्याएको थियो । एउटा क्यारेटमा ४ वटा घरपालुवा कालिज थिए भने अर्कोमा ३ वटा कुखुराका भाले थिए । १ हप्तादेखि कालिज र कुखुरा धनी लैजान आएका छैनन् ।
टेकुमा कार्यरत १ जना नगर प्रहरी हवल्दारका अनुसार एउटा भाले खान नपाएर मर्यो । उनले त्यो तथ्यांक राख्नुभन्दा पनि ‘खायो भन्छन्’ भनेर फोटो खिचेर राखेका छन् । अरूलाई खानेकुरा खुवाउन आफ्नो खल्तीबाट पैसा हालेर खुवाउनुपर्ने समस्या रहेको उनले बताए ।
‘यहाँ कालिज र भाले गरेर ७ वटा थिए तर एउटा मर्यो, ६ वटालाई खल्तीबाट चारो खुवाउने गरेको छु । काटेर खान मिल्दैन, धनी लिन आउँदैनन्,’ ती हवल्दारले लोकान्तरसँग भने ।
नियन्त्रणमा लिएका सामानहरू कर्मचारीले खान्छन् भन्ने जिज्ञासामा उनले आफूहरूले त्यसो नगर्ने बताए तर आउँदा खस्ने, ल्याएपछि तरकारी, फलफूलहरू कुहिने समस्या रहेको बताए ।
ठेलागाडा लिलामी गर्ने तयारीमा महानगरपालिका
महानगरपालिकाका सडकपेटीबाट उठाएका ठेलागाडा, साइकल, क्यारेट, होडिङ बोर्डहरू टेकुको आन्तरिक प्रशासन शाखामा राख्दै आएको छ । नगर प्रहरी इन्सपेक्टरको कमाण्डमा राखेको सामानले महानगरपालिको सबै ठाउँ ओगटेको छ । त्यहाँ भएका फलामहरू लिलामी गर्न लागेको नगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले बताए ।
‘हामीले त्यहाँ भएका लिलाम गर्न मिल्ने सामानहरू लिलामी गर्ने तयारी गरेका छौं,’ पाण्डेले लोकान्तरसँग भने ।
प्रवक्ता नवीन मानन्धरले लिलामी गर्नुपर्ने सामानहरू लिलामी गर्ने बताए । त्यहाँबाट आएको पैसा पनि महानगरपालिको कमाइ नै हो । जताबाट जे गरे पनि गरीबका सामानहरू बेचेर महानगरले आम्दानी गरेको आरोप लागेको छ ।
हेर्नुहोस्, थप तस्वीरहरू :
फोटो : विश्वास खनाल/लोकान्तर
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...