०४ साउन २०८३, सोमबार

सिभिल बैंकले थाल्यो ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

सिभिल बैंकले थाल्यो ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

‘समृद्धिको लागी सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । 

कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक, जनकपुरका निर्देशक निरा ताल्चा भडेँल थिइन् भने अन्य अतिथिहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका तर्फबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोन–पेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल बैंकका मधेश प्रदेश प्रमुख  विश्वासराज अर्याल लगायत बुद्धिजीवीहरू, टेम्पु व्यवसायीहरू र विभिन्न कलेजका विद्यार्थीहरूहरूको बाक्लो उपस्थिति थियो ।

प्रमुख अतिथि तथा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरी सो अभियानको थालनी गरिएको थियो ।

डिजिटल इको सिस्टमको अवधारणा स्वरूप दैनिक जीवनमा गर्ने साना–साना खर्चहरूजस्तै टेम्पो भाडा, मन्दिरमा भेटी, पानीपुरी, जुत्ता मर्मत, सर-सामग्री आदि खरिद, शौचालयको शुल्कको भुक्तानीदेखि ठूला खर्चहरूको भुक्तानीजस्तै सभा हलको भाडा तथा सबै प्रबन्धहरूको भुक्तानी क्यूआर कोडबाट नै गरिएको थियो ।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम डिजिटल इको सिस्टमको अवधारणालाई टेवा पुर्‍याउने हेतुले उक्त कार्यक्रममा क्यूआर कोडसम्बन्धी प्रस्तुति गरिएको थियो र त्यसका साथ साथै ट्राफिक जनचेतना बढाउनको लागि पनि प्रस्तुति गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको शुरुवात गर्न पाउँदा आफू खुसी भएको र नगदरहित समाज आजको आवश्यकता भएकोे र नोट छाप्नका लागि विदेशिने ठूलो धन राशीको संचय हुने कुरा पनि भन्नु भयो ।

‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानलाई साकार गर्ने हो भने डिजिटल इको सिस्टम कै विकास गर्नुपर्ने कुरामा जोड दिई जसरी यस कार्यक्रमको एउटा अंशमा दैनिक जीवनयापन गर्दा उपभोग गर्दै आएको पानी पूरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्म तथा शौचालयको शूल्क समेतका कारोबारहरू डिजिटल रूपमा क्यूआर कोडमार्फत भुक्तानी गर्याैं त्यसरी नै डिजीटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र जनकपुर डिजिटलमा जाने कुरामा दुई मत नभएको कुरा सिभिल बैंकका चिफ बिजिनेस भोलाबहादुर बिष्टले भने । 

सिभिल बैंकले २०१९ अगस्टदेखि नै शुरु गरेको नगदरहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख शहरहरूसम्म गरी ४१ हजारभन्दा बढी क्यूआर मर्चेन्टहरूलाई आवद्ध गरिसकेको कुरा पनि बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्