×

NMB BANK
NIC ASIA

यादवको जन्ममितिमा त्रुटि, पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ दिलाउने

पुस ५, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर जबराले सपथ ग्रहण गराउने भएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐन, कानून र संवैधानिक व्यवस्थाअनुसार नेता जबराले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले नव निर्वाचित सांसदहरूलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको बताए । 

Muktinath Bank

पुस ७ गते बिहीवार अपरान्ह १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सपथग्रहण कार्यक्रम तय गरिएको छ । प्रवक्ता पाण्डेका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य जबरालाई सपथ ग्रहण गराएपछि मात्रै उनले अन्य सांसदहरुलाई सपथ गराउनुपर्ने हुन्छ । त्यसका लागि पुस ६ गते बुधवारको कार्यक्रम तय गरिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले उपलब्ध भएकाहरूको प्रमाणको आधारमा चाँहि राप्रपाका नेता जेष्ठ हुनुहुन्छ माननीय पशुपति शमशेर जबरा । उहाँमार्फत उहाँहरूलाई शपथग्रहण गराउने कार्यक्रम अगाडि बढाइसकेका छौँ । उहाँको उमेर चाहिँ जन्म मिति १९९८ मंसिर २४ गतेको छ । त्यो डेट चाहिँ हामीले नागरिकताको आधारमा पहिचान गरेका हौँ । त्यो हिसाबले उहाँ ज्येष्ठ सदस्य देखिनु भएको छ’, प्रवक्ता पाण्डेले भने, ‘उहाँबाहेक विगतमा नागरिकताको प्रमाणको आधारमा हेर्दाखेरी  मतदाताको विवरण हेर्दाखेरी माननीय महिन्द्रराय यादवको रहेको तर उहाँ अघिल्लो पटक पनि शपथग्रहण गराउने बेलामा उपस्थित नहुनु भएकाले उहाँ उपस्थित हुने अवस्था नदेखिँदाखेरी अहिले चाहिँ माननीय पशुपतिशमशेर जबराले सपथ गराउने गरी हामीले कार्यक्रम तय गरेका छौँ ।’


Advertisment
Nabil box
Kumari

सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव नागरिकतामा ८५ वर्ष पुगेको भए पनि नागरिकतामा आफ्नो जन्ममितिमा त्रुटि भएको उल्लेख गर्दै २०७४ सालमा पनि नवनिर्वाचित सांसदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रममा अनुपस्थित भएका थिए । उनले अहिले पनि नआउने बताएकाले जबराबाट नै ज्येष्ठ सदस्यको रुपमा सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको पनि संघीय संसद् सचिवालयले स्पष्ट पारेको छ । 

Vianet communication

संसद् सचिवालयले मातृभाषामा सपथ लिने व्यवस्था पनि गरेको छ । मातृ भाषामा सपथ लिन चाहने सांसदहरुलाई सपथ ग्रहणको ढाँचा विवरण अनुसार त्यसलाई मातृभाषामा उल्था गर्न पत्राचार गरिएको छ । सपथ ग्रहण गराउनु ३ दिन अघि नै सो उल्था गरिएको सपथग्रहणको कपी संंसद सचिवालयमा सांसदहरूले पेश गर्नुपर्ने हुन्छ । प्रवक्ता पाण्डेले अहिले मातृभाषामा शपथ लिन चाहने  सांसदहरुको विवरण संकलनको काम भइरहेको बताए । 

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी २७५ जना सांसदहरू निर्वाचित भएका छन् । उनीहरूलाई सपथ ग्रहण गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि संघीय संसद सचिवालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x