×

NMB BANK
NIC ASIA

सुन्तला खेतीबाट फेरियो जीवनस्तर

पुस ७, २०७९

NTC
Premier Steels

म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको १ दशक भयो । परम्परागत रूपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिक रूपमा सुन्तला खेती गरेका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ ।

Muktinath Bank

बास्कुना र सुर्केमलामा गरी करीब ७०० सुन्तलाका बोट रोपेका खत्रीको बगैंचामा यतिबेला सुन्तला टिप्ने चटारो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ ठाउँमा सुन्तला खेती गरेका खत्रीको एउटा बगैंचाबाट मात्रै ७ लाख ९० हजारमा सुन्तला बिक्री भएको छ । ‘गत वर्ष ७ लाखको सुन्तला बिक्री गरेको थिएँ, यस वर्ष २ वटा बगैंचामा गरेर १० लाख बढीको बिक्री भएको छ, ठेकेदारले बोटमै आएर सुन्तला किनेर लैजाने गरेका छन्,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

खाद्यबाली लगाउँदा नियमित सिँचाइको अभावसँगै खेतीबाली लगाउने र गोडमेलमा लाग्ने कामदारको लगानी अनुसारको प्रतिफल नआउने भए पनि सुन्तला खेतीबाट सन्तुष्ट बनेको खत्रीले बताए ।

Vianet communication

बास्कुनाकै देवी हुमेन क्षेत्रीको फूलबारीमा पनि यतिबेला सुन्तला टिप्ने चटारो छ । उनको घरपरिवारमा करीब ८०० सुन्तलाका बोट छन् । गत असोजमै नवलपरासीका व्यवसायीले घरमै पुगेर सुन्तलाको पेस्की रकम दिएर बोटबाटै सुन्तला खरिद गर्ने टुंगो लगाएका थिए । क्षेत्रीको मात्रै होइन, बास्कुना र सुर्केमेलाका करीब २ दर्जन घरधुरीमा व्यवसायीले फल नलाग्दै पेस्की दिएर सुन्तलाबोट बाटै खरिद गर्ने गरेका छन् ।

‘यो वर्ष करीब ८ लाख रुपैयाँको सुन्तला बिक्री हुने भएको छ, सबै सुन्तला ठेकेदारले नै लैजाने समझदारी भएको छ, बजार खोज्न भौतारिनुपर्ने झण्झट भएको छैन, सुन्तलाखेतीप्रति उत्साहित नै छौं,’ क्षेत्रीले भने । उनको घरपरिवारले करीब २० रोपनी खेतबारी सबैमा सुन्तला खेती गरेका छन् ।

बास्कुनामा रहेका करीब २ दर्जन घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् । सुन्तलाबाट आकर्षक आम्दानी हुने, बजार सजिलै पाइने भएपछि गाउँमा सुन्तला खेती गर्ने लहर नै चलेको स्थानीय सुन्तला खेती गर्ने कृषक तिलकुमारी गुरुङले जानकारी दिइन् । ‘यहाँ उत्पादन भएको सुन्तला रसिलो र गुलियो हुने भएकाले बोटमा दाना नलाग्दै व्यापारी पेस्की लगाउन आइपुग्छन्, अधिकांश व्यवसायीले पोखरा, काठमाडौं र चितवनसम्म यहाँको सुन्तला लैजाने गरेका छन्, सुन्तला फलाउनेले बजारको खोजी अहिलेसम्म गर्नुपरेको छैन,’ गुरुङले भनिन् । – कमल खत्री/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x