×

NMB BANK
NIC ASIA

५० तस्वीरमा हेर्नुहोस् सांसदहरूको सपथ ग्रहण

पुस ७, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

Muktinath Bank

नयाँ बानेश्वरस्थित संसद भवनमा जेष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन भएको थियो । २०७२ मा नयाँ संविधान जारी भएपछिको यो दोस्रो पटक निर्वाचित भएर आएको प्रतिनिधिसभा हो ।


Advertisment
Nabil box
Kumari

२०७४ को मंसिरमा संविधानपछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन भएको थियो । 

Vianet communication

प्रतिनिधि सभा सदस्यको सपथ ग्रहणमा सांसदहरूले राष्ट्रिय र सांस्कृतिक पोसाक लगाएर सहभागी भएका थिए । 

प्रतिनिधि सभाको कुल २७५ सांसदहरूमध्ये २७१ सांसदले बिहीबार सपथ लिएका छन् । 

माओवादी केन्द्रका रामकुमार राई, महिन्द्र राय यादव, नेकपा एकीकृत समाजवादीका प्रेम आले र नेपाली कांग्रेसकी माया राईले भने सांसदको सपथ लिएका छैनन् । 

आले मातृशोकमा छन् भने कांग्रेसकी राई केही दिनअघि सुत्केरी भएका कारण सांसदको सपथ ग्रहणमा सहभागी हुन सकिनन् । उनी कांग्रेसबाट समानुपातिक सांसद हुन् । 

१४ जना सांसदले भने मातृभाषामा शपथ लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले थप शपथ पत्रमा हस्ताक्षर गरेर संसद सचिवालयमा रेकर्डका लागि बुझाएका छन् । थप शपथमा उनले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो’ भन्ने ब्यहोरा उल्लेख गरेका छन् । 

शपथ ग्रहण समारोहपछि नवनिर्वाचित सांसदहरुको सम्मानमा संसद सचिवालयले चियापान कार्यक्रम आयोजना गरेको थियो । 

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमै आयोजित चियापान कार्यक्रमको मेन्यूमा भने भेज कटलेट, स्वीट कर्न, बर्फी, फ्रेन्च फ्राइ, सुन्तला लगायतका खानेकुरा समावेश गरिएको थियो । 

चियापानसँगै कतिपय सांसदहरु भने फोटो सुट गरिरहेका देखिन्थे । कपितय चाहिँ नयाँ सांसदहरुसँग चिनजानका लागि परिचय गरिरहेको पनि देखिन्थ्यो । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद अधिवेशन आह्वान गरेपछि मात्रै संसदको पहिलो बैठक बस्छ । पहिलो बैठकपछि भने औपचारिकरुपमा सांसदहरुको ५ वर्षे कार्यकाल शुरू हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x