×

NMB BANK
NIC ASIA

सञ्चालनमा नआउँदै चिन्ता

पोखरा विमानस्थल : क्षमता अन्तर्राष्ट्रिय, उडान आन्तरिकमै सीमित हुने जोखिम

पुस १०, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनका लागि तयारी अवस्थामा पुगेको छ ।

Muktinath Bank

यो विमानस्थल १७ पुस (१ जनवरी २०२३)बाट सञ्चालनमा ल्याउने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ महिना अगाडि नै गरिसकेको छ । २२ साउनमा गरेको निर्णयानुसार विमानस्थल सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्ने तयारी प्राधिकरणले गरिरहेको छ । विमानस्थल अन्तर्राष्ट्रिय भए पनि उडान भने आन्तरिकमै सीमित हुने देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नागरिक उड्डयन प्राधिकरणका कार्यवाहक उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौला अहिलेसम्म कुन वायुसेवाबाट अन्तर्राष्ट्रिय उडान हुन्छ भन्ने विषय स्पष्ट भइनसकेको बताउँछन् ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार काठमाडौंबाट हुने आन्तरिक उडानका जहाज १ जनावरीदेखि नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जाने छन् । यसो हुँदा विमानस्थल अन्तर्राष्ट्रिय भए पनि उडानचाहिँ आन्तरिकमै सीमित हुने भएको छ । आफ्नो जहाज नहुनु र इच्छुक कम्पनी पनि अहिलेसम्म नआउनुले तत्कालै अन्तर्राष्ट्रिय उडान नहुने देखिन्छ । आन्तरिक उडान भने २४ सै घण्टा हुने सुनिश्चित छ ।

Vianet communication
Laxmi Bank

अहिले यो विमानस्थलबाट दिउँसो ३ बजेपछि उडान हुन नसक्ने अवस्था छ ।

अब नयाँ विमानस्थल सञ्चालनमा आएपछि भने वायुसेवा कम्पनीले अनुकूल समयानुसार जुनसुकै समयमा उडान गर्न सक्ने अवस्था हुने बुझाइ पनि प्रवक्ता निरौलाको छ । 

यो विमानस्थलबाट पहिलो उडान गर्न आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले नै प्रयास गरिरहेको छ । बुद्ध एयरले कोरोनाअघि काठमाडौंबाट वनारस उडान गर्ने गरेको थियो । उक्त गन्तव्यमा अहिलेसम्म उडान शुरू गर्न नसकेको बुद्ध एयरले अब पोखराबाट वनारस उडान गर्ने तयारी गरिरहेको छ । 

बुद्ध एयरले अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भ अन्तर्राष्ट्रिय गन्तव्यबाटै शुरू गर्न आफूले प्रयास गरेको जानकारी दिएको छ । तर, बुधवारसम्म यो वायुसेवाले भारतबाट उडान अनुमति पाएको छैन । बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णका अनुसार भारतसँग उडान अनुमतिका लागि आवश्यक कागजात पेश भएको छ ।

बुधवारसम्ममा केही जानकारी आउने अपेक्षा गरिएको छ । बुद्धले उडान अनुमति पाए पोखराबाट वनारस गर्ने गरी आन्तरिक तयारी भएको पनि कर्णले बताए ।

तर, यो विमानस्थलबाट अहिलेसम्म उडान अनुमति कुनै अन्तर्राष्ट्रिय वायुसेवाले लिएका छैनन् । आन्तरिक वायुसेवाले परीक्षण उडान गरेर नयाँ विमानस्थलबाटै उडान गर्ने तयारी भने गरिरहेका छन् । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल भएकाले अन्तर्राष्ट्रिय उडानबाटै सेवा शुभारम्भ गर्ने प्रयास भइरहेको छ । 

आन्तरिक उडानका वायुसेवाले पनि सोही दिनबाटै आन्तरिक उडान शुरू गर्ने छन् । त्यसका लागि बुधवार नै यति एयरलाइन्सले परीक्षण उडान गर्ने भएको छ । त्यसपछि यति, श्री, सिम्रिक र सौर्यले पनि उडान शुरू गर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छ ।

प्राधिकरणका अनुसार यसअघि भएको यान्त्रिक परीक्षण (क्यालिब्रेसन) उडानको प्रारम्भिक प्रतिवेदन गत अघिल्लो शुक्रवार आइसकेको छ । यसको अन्तिम रिपोर्ट नआएसम्म पूर्णरूपमा प्रविधिको माध्यमबाट हुने इस्टुमेन्टल फ्लाइट रुल्स (आइएफआर)हुन सक्दैन । यसका लागि आगामी फेब्रुअरीसम्म कुर्नुपर्ने प्राधिकरणका सूचना अधिकारी भुलले बताए । 

अहिले प्रारम्भिक रिपोर्ट आएको र हेरेरै हुने उडान अर्थात् भिजुअल फ्लाइट रुल्स (भीएफआर) भने १ जनवरीबाटै हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार अहिलेसम्मको तयारीअनुसार बुद्ध एयरले नै पोखराबाट वनारस उडान गर्नेछ । यसका लागि भारतले अनुमति दिनुपर्ने भएकाले त्यसपछि मात्रै नेपाल नागरिक उडान प्राधिकरणले अनुमति दिने भएको छ । 

हिमालय एयरलाइन्सले पनि पोखरबाट चीन उडान गर्ने तयारी पनि भइरहेको छ । यो वायुसेवाको पनि उडान निश्चित भने भएको छैन । 

यो विमानस्थल सञ्चालन गर्न ४० मिटरको रिट्ठेपानी डाँडा काट्ने काम भइरहेको छ । डाँडा काट्ने काम हुँदै गरेकाले अहिले आन्तरिक उडानमा कुनै समस्या नहुने पनि प्राधिकरणको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x