कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता तथा १ नम्बर प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले संसदबाटै प्रदेश खारेजीको आवाज उठाउने बताएका छन् ।
प्रदेशसभाभन्दा बाहिर बसेर खारेजीको माग उठाउँदा सुनवाइ नहुने भएकाले पनि प्रदेशसभाबाट नै आवाज उठाउने उनले बताए ।
प्रदेशका मन्त्री र सांसदहरूको खर्च धेरै भएकाले खारेज हुनुपर्छ भनेर प्रदेश सभामा कुरा उठाउने उनले बताए ।
‘विदेशीसँग ऋण लिएर प्रदेश सभाका सदस्यहरूलाई तलबभत्ता खुवाउनुपरेको छ,’ उनले भने, ‘केन्द्र र स्थानीय सरकारबीच समन्वय गरेर अगाडि बढाउनुपर्छ भन्ने आवाज संसदमा कडा रूपमा उठाउँछौं । देशका लागि ठूलो आर्थिक भार परेकाले पनि खारेजीको पक्षमा हामी छौं ।’
प्रदेशसभा सदस्यको शपथग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले घरभित्रै पसेर घर भत्काउन सकिने भएकाले आफूहरू प्रदेश भत्काउन लाग्ने बताए । घरबाहिर बसेर घर भत्काउन नसकिने भएकाले पनि घरमै छिर्नुपर्ने उनले बताए ।
संसद खारेजीको माग राखेका सिटौलाले सेवासुविधा भने लिने बताए । ‘घर भत्काउँदा पनि भोको पेटले हुँदैन, त्यसैले सेवासुविधा लिएर नै प्रदेशसभा खारेजीको आवाज उठाउँछौं,’ उनले भने ।
सरकारमा गए पनि खारेजीको एजेन्डा नछाड्ने उनले बताए । ‘संघ तथा प्रदेशको सरकारमा जाने कि नजाने भनेर निर्णय भएको छैन,’ उनले भने, ‘सरकारमा जाने वातावरण बने मन्त्री हुने र त्यहाँबाट पनि प्रदेश खारेजीकै कुरा उठाउँछौं ।’
‘हाम्रो चुनावको मुख्य एजेन्डा नै प्रदेश खारेजी भएको र त्यहीँ मुद्दा लिएर चुनाव गएका थियौं । प्रदेश सभामा हाम्रो उपस्थिति नहुँदा खारेजीको मुद्दा कमजोर हुने भयो । हाम्रो भोटले प्रदेशसभा खारेज हुने गरी नभए पनि हामी भाग लिएर एजेन्डा उठाउँछौं,’ उनले भने, ‘पहिलो कार्यकालमा हामीले जति कुरा उठाए पनि केही सुनवाइ नभएकाले यसपटक केही परिवर्तन गर्छाैं ।’
सबैको सहकार्यबाट नामकरण गरिनुपर्ने समेत उनले बताए । ‘म पहिलो नम्बरमा नै प्रदेशको नाम राख्नुपर्छ भन्ने मान्यता राख्छु । तत्कालका लागि नाम राख्नुपर्छ,’ उनले भने, ‘प्रदेश खारेज नभएसम्म बेनामे त हुनुभएन नि !’
केन्द्रको राजनीति र प्रदेशमा के गर्ने भन्ने विषयमा २ दिनपछि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने/नहुने विषयमा निर्णय लिने उनले बताए ।
प्रदेश सरकारमा सहभागी भए पनि खोरेजीको एजेन्डा नछाड्ने सांसद सिटौलाको भनाइ छ । प्रदेशसभा संसदीय दलको बैठक आगामी १५ गते बस्ने उनले जानकारी दिए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...