×

NMB BANK
NIC ASIA

गृहमन्त्री रविप्रति झलनाथ खनालले उठाए गम्भीर सवाल

पुस १८, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहमन्त्री रवि लामिछानेप्रति गम्भीर सवाल उठाएका छन् । पार्टीको पोलिटब्यूरो बैठकमा प्रस्तुत गरेको दस्तावेजमा खनालले गृहमन्त्रालयजस्तो संवेदनशील ठाउँ नागरिकताबारे मुद्दा खेपिरहेका व्यक्तिलाई सुम्पिएको भन्दै उनले गम्भीर सवाल उठाएका हुन् । 

Muktinath Bank

अहिलेको सरकारप्रति पार्टीको दृष्टिकोण कस्तो हुनुपर्छ भन्ने खण्डमा खनालले भनेका छन्, ‘यो सरकारले गृह मन्त्रालयजस्तो सुरक्षाको निम्ति अत्यन्तै संवेदनशील मन्त्रालय सर्वोच्च अदालतमा नागरिकता बारेमा नै मुद्दा खेपिरहेका व्यक्तिलाई सुम्पिएको छ । त्यसले के परिणाम ल्याउने हो ? हेर्न बाँकी नै छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्री लामिछानेको सांसदमा योग्यताबारे २२ पुसमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । निस्क्रिय भएको नेपाली नागरिकताको आधारमा लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदको उम्मेदवार बनेको भन्दै उनको सभापति र सांसद पद खारेजी गर्न सर्वोच्चमा रिट दायर भएको थियो । 


Advertisment
Nabil box
Kumari

सरकारलाई खिचडीको संज्ञा

Vianet communication

खनालले आफ्नो दस्तावेजमा अहिलेको सरकारलाई खिचडीको संज्ञा पनि दिएका छन् । कांग्रेसले माओवादीलाई धोका दिँदा माओवादी दौडिएर बालकोट पुगेर अहिलेको समीकरण बन्न पुगेको खनालको मत छ । यो सरकारका सहभागी दलको स्वरुपले यसलाई खिचडी बनाएको उनको भनाइ छ । 

राजतन्त्रवादीहरू, हिन्दू राज्यको माग गर्नेहरू, मधेश देश बनाउन माग गर्नेहरू, संघीयता खारेज हुनुपर्छ भन्नेहरू, नेपालको नागरिकतबारे प्रश्न उठेका, जबज लक्ष्य हो भन्नेहरू, समाजवादलाई लक्ष्य मान्नेहरू एकै ठाउँमा भएकोले यसलाई उनले खिचडी सरकारको संज्ञा दिएका हुन् । उनीहरूका साझा नीति र कार्यक्रमहरू, वाम एकताको लागि अपनाउने नीतिलाई हेरेर एकीकृत समाजवादी अघि बढ्नुपर्ने पनि उनले प्रष्ट्याएका छन् । 

नयाँ सरकार गठन भए पनि जनतामा उत्साह नदेखिएको उनको मत छ । 

बन्न सक्थ्यो वामपन्थी सरकार

मेहनत गर्ने र दूरदर्शिता अपनाउन सकिएको भए वामपन्थी सरकार गठन गर्न सकिने अवस्था रहेको पनि उनको दस्तावेजमा उल्लेख छ । ‘मेहनत  गरेको भए, दूरदर्शिता अपनाएको भए, लचिलो भएको भए, एक अर्कालाई सम्मान गर्न सिकेको भए र आफ्ना गल्तीहरूलाई देख्न कोसिस गरेको भए र वाम शक्तिहरूबीच कार्यगत एकता गरौँ भन्ने भावना भएको भए यतिबेला मुलुकमा वामपन्थीहरूको साझा सरकार बन्ने थियो’, खनालले भनेका छन् । 

तर, दलहरूको दम्भ, घमण्ड र महत्वकांक्षाले देशमा खिचडी सरकार बनेको उनको मत छ । भिन्नताहरूलाई एकातिर राखेर साझा सवालमा वामपन्थीबीच कार्यगत एकता गर्नुपर्ने आजको आवश्यकता भएको मत खनालले अगाडि सारेका छन् । 

एकीकृत कम्युनिष्ट पार्टीको निर्माणको आवश्यकतामा जोड दिए पनि खनालले हात मिलाएर वा अंकमाल गरेर मात्रै एकता नहुने बताएका छन् । नीति, सिद्धान्त र विधिसम्मत एकताको पक्षमा आफू रहेको पनि खनालले प्रष्ट्याएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x