×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा महोत्सवको लहर

पुस २८, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

गण्डकीमा बुधवार २ ठूला महोत्सव शुरू भए । गोरखा महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पोखरा महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुभारम्भ गरे ।

Muktinath Bank

बिहीवारदेखि म्याग्दी महोत्सव शुरू भएको छ । माघे संक्रान्ति पर्वको छेकोमा म्याग्दी उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तनहुँको दमौलीमा सात दिनयता आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सव जारी छ ।


Advertisment
Nabil box
Kumari

पर्वत उद्योग वाणिज्य संघ सातौं पर्वत महोत्सव आयोजनाको संघारमा जुटेको छ । माघ ११ देखि २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । पोखराको लेखनाथ महोत्सवले आफ्नो १८औं संस्करण हालै पूरा गरेको छ ।

Vianet communication

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनमा पुस ७ देखि १८ गतेसम्म महोत्सव चलेको थियो । चाडपर्वका मौकामा गाउँघरमा आयोजना गरिने स–साना मेला, उत्सवले पनि उस्तै रौनक थपिरहेका छन् । माघे संक्रान्ति पारेर बागलुङको जैमिनी र पोखराको ढुंगेसाँघुमा मेला लाग्दैछ ।

दुवै मेला इतिहास र परम्परासँग जोडिएका छन् । यसै पनि हिउँद मेला, महोत्सवको याम हो । गण्डकी प्रदेशमा पनि यसको लहर छ ।

अघिल्ला २ वर्ष कोभिड–१९ महाव्याधिले मेला, महोत्सव ठप्प थिए । स्थिति सहज बनेपछि अहिले महोत्सव आयोजनामा पनि तछाँडमछाड देखिन्छ । महोत्सवको अगुवाइ गर्नेमा व्यवसायी र पर्यटनसम्बद्ध संघसंस्था, स्थानीय क्लब लगायत छन् ।

स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्र्धनको ध्येय राखेर महोत्सव हुने गरेका छन् । पोखरा महोत्सवको आयोजक युनाइटेट क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मेला, महोत्सवले टेवा पुग्ने बताए ।

‘महोत्सवले आर्थिक गतिविधि बढ्छ, दर्शकले पनि स्वस्थ मनोरञ्जनको लाभ लिन पाउँछन्,’ उनले भने, ‘२ वर्षसम्म कोरोना महामारीले थलिएको व्यवसाय क्षेत्रलाई थोरै भए पनि राहत पुग्छ ।’ महोत्सवबाट व्यावसायिक नाफाघाटा मात्र नसोचेर क्लबले सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको उनले बताए ।

महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने उनको भनाइ छ । महोत्वमा बिक्री हुने प्रत्येक टिकटबाट १ रुपैयाँ सेती नदी संरक्षणका नाममा छुट्याइएको जनाइएको छ । 

माघ ९ गतेसम्म चल्ने महोत्सवमा २५८ व्यावसायिक ‘स्टल’ छन् । १३ दिनसम्मको महोत्सवलाई २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको आकलन छ । महोत्सव अवधिभर जातीय वेषभूषा, संस्कृति झल्काउने मौलिक झाँकी तथा नाच प्रस्तुत गरिनेछ ।

औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x