×

NMB BANK
NIC ASIA

साढे चार बजेतिर बल्ल दुईजना महिला आए । उनीहरू माओवादी हुन् भन्ने परैबाट चिनिन्थ्यो । एउटीले पाइन्ट लगाएर सानो झोला बोकेकी थिइन् ।

Muktinath Bank

छेउमा आइपुग्दा उनको कम्मरमा पेस्तोल देखियो । उनले परिचय दिँदै भनिन्, ‘म सुनिता ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको पछिपछि कुर्था लगाएर झोला बोकेकी मंगोलीयन अनुहारकी अर्की युवती थिइन् । उनले परिचय दिँदै भनिन्, ‘म भूमिका ।’


Advertisment
Nabil box
Kumari

वरैबाट हात बटारेर कसिलो गूड गर्ने उनीहरूको शैली थियो । त्यही दोहोर्‍याए दुवै जनाले । सुनिता माओवादी लडाकूको सोलु–सल्लेरी छैटौं ब्रिगेडमा कार्यरत रहिछन् ।  

Vianet communication

लिखु नदी तर्नका लागि बाँसको फट्‍के थियो । त्यो फट्‍के रुम्जाटार हान्न जाँदा लच्किएको कुरा हामीलाई लिन आएकी सुनिताले सुनाइन् ।

आधा घण्टा माथि उक्लिएपछि ओखलढुंगा पोकली छहरा नजिकैको गाउँमा पुगियो । बास त्यहीँ बस्ने कुरा भयो । गाउँ पुगेपछि अग्ला खाइलाग्दा बुढा हाम्रो छेउमा आए । 

‘म पुष्करको बाउ हुँ । त्यो पल्लो खाली घरचाहिँ रूपनारायण श्रेष्ठको ससुराको हो,’ ती खाइलाग्दा बुढाले छोराको परिचय दिएर आफू उसको बाउ भएको सुनाए ।

‘पुष्करजीलाई काठमाडौंतिर भेट्छौं,’ मैले भनें ।

ठाडो बाटोको बायाँतिर बास बस्ने व्यवस्था भयो । ७ वर्षकी एकदम चकचके नानी थिइन्, कहिले भित्र, कहिले बाहिर गर्ने । उनले सुरिलो स्वरमा माओवादीको क्रान्तिकारी गीत गाइन्, ‘आइपुग्यो छापामार...।’

तोतेबोलीमा ती नानीले लय हालेर गीत गाएको निकै मार्मिक सुनियो । घरमा हजुरआमासँग बसेकी थिइन्, ती नानी । हजुरआमाले खाना बनाउँदै थिइन् । त्यही बेला नानीले चकचक गर्न भ्याएकी थिइन् ।

खाना खाने बेला बल्ल सबै थाहा भयो, त्यो घर बाबुराम गौतमको रहेछ । उनी ओखलढुंगा ‘जनसरकार’का उप–प्रमुख थिए । 

फोटो हेरेपछि थाहा भयो, कुनै बेला खिचापोखरीबाट उचाल्न सक्ने जति सन्ध्याकालीन पत्रिका बोकेर बेच्ने बाबुराम उनै रहेछन् ।

‘अस्ति बर्खामा मेरो छोराको एउटा साथीले यहीँ बसेर खाना खाँदै थिए, एक्कासि सेना भित्र आयो । त्यो बाबु त यो सानो झ्यालबाट कसरी छिर्‍यो–छिर्‍यो, फुत्तै बाहिर भाग्यो । किन भगाइस् ? तेरो छोरा खोइ ? भनेर मलाई बेस्सरी हिर्कायो सेनाले । म बोल्नै सकिनँ,’ बूढी आमाले आँखामा आँसु पिलपिल पार्दै भनिन् ।

नातिनीको कहानी झन् मार्मिक ढंगले सुनाइन् । 

‘एक वर्षदेखि नातिनी मेरो साथमा छ । छोराबुहारी दुईटै हिँडेका छन् । असाध्यै राम्रो स्वर छ, नातिनीको । मेरो छेउमा बसेर गीत गाउँछे । ठूला कलाकार नाचेको सानैदेखि देखेकी हो । त्यही भएर खाली उही गीत गाउँछे । मेरो चित्त बुझाउने बाटो यही हो । छोराबुहारी त कहिलेकाहीँ झुल्किन्छन् मात्रै,’ बूढी आमाले भनिन् । 

(उजिर मगरद्वारा लिखित ‘अंश’ पुस्तकबाट साभार ।)

हल नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभामा निर्वाचित बाबुराम गौतम प्रदेश १ को सभामुख बनेका छन् । 

एमाले, राप्रपासहितको गठबन्धनको साझा उम्मेदवार बनेका उनी अरू कसैको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भए । 

तिनै गौतमको सन्दर्भ रहेको पुस्तक अंश यहाँ उद्धृत गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x