×

NMB BANK
NIC ASIA

संसदमा गगन थापाको प्रश्न - किसानले अप्रिय निर्णय नगरेसम्म ऋण नतिरिदिने हो ?

माघ १८, २०७९

NTC
Premier Steels

सांसद गगन थापाले कुखुरा पालन गरेका साना किसानहरूले अप्रिय निर्णय नगरेसम्म सरकारले उनीहरूको ऋण नतिर्दिने हो भन्दै प्रश्न गरेका छन्। 

Muktinath Bank

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद थापाले यस्ता किसान सयौंको संख्यामा रहेका भन्दै यस्ता साना किसानहरू दिनहुँ रोएर कृषि मन्त्रालय धाइरहेका बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, 'उनीहरू त्यहाँ पुग्छन् रुन्छन् कराउँछन्। यी तिनै किसानहरू जसले बैंकबाट ऋण लिएर सानो सानो कुखुरा फार्महरू चलाएका थिए।'


Advertisment
Nabil box
Kumari

सरकारले बर्ड फ्लुको जोखिम न्यूनीकरण गर्न उनीहरूको कुखुरा फार्म नष्ट गरेको भन्दै उनीहरूलाई त्यसबाट भएको क्षतिपूर्ति सरकारबाट भराउन माग गरे। 

Vianet communication

'यिनले पाउने क्षतिपूर्ति ५८ करोड छ। सरकार दिन्न भन्दैन। दिन्छु भन्छ तर झुलाउँछ। किनकि सरकारलाई भ्याइनभ्याइ छ। तर बैंकले यिनलाई अठ्याउँछ,' सांसद थापाले सरकारलाई प्रश्न गरे, 'के यिनीहरूले अप्रिय निर्णय नगर्नेबेलासम्म कुर्ने हो ? अनि अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउँदै सहानुभूति प्रकट गर्दै छानबिन गर्न समिति बनाउने हो कि ?'

यस्तो निर्णय नहोस् भन्नका लागि ऋणले थिचिएका यी साना किसानहरूलाई जोगाउन सरकारले दिन्छु भनेको, दिनैपर्ने निर्णय गरेको ऋणबापतको रकम नझुलाउन सभामुखसमक्ष माग गरे। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x