×

NMB BANK
NIC ASIA

ठगीको बदलिँदो ट्रेन्ड

नागरिकता दुरुपयोग : फोटोकपीकै भरमा बैंक खाता रित्तै !

पछिल्लो ६ महिनामा काठमाडौं उपत्यकामा मात्र विभिन्न माध्यमबाट १३ करोड ठगी

माघ २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रामेछापका रवि (नाम परिवर्तन) काठमाडौं बस्दै आएका छन् । कोटेश्वरमा उनको सामान्य जागिर छ । यहाँको कमाइबाट सन्तुष्ट हुन नसकेर उनी वैदेशिक रोजगारीमा जाने सोचमा रहेको धेरै भयो । 

Muktinath Bank

फेसबूक चलाउने क्रममा रविले ‘युरोपमा रोजगारीको अवसर’ भन्ने विज्ञापन देखे । त्यही विज्ञापनलाई फलो गर्ने क्रममा उनले फेसबूक म्यासेन्जरबाट ‘आसिस जीआरजी’ नामको प्रोफाइल रहेका व्यक्तिसँग कुराकानी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती व्यक्तिले ‘टेकमान सर’ भन्ने व्यक्तिलाई भेटेर नागरिकतालगायतका कागजात दिनुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

उनको कुराका आधारमा ९८१०.....१६ नम्बरको फोनमा सम्पर्क गरेर टेकमान नाम गरेका व्यक्तिसँग २०७८ चैत १ गते स्वयम्भूको एउटा होटलमा भेटघाट गरे । 

Vianet communication
Laxmi Bank

टेकमानले रविलाई बैंकमा ५ लाख रुपैयाँको कारोबार देखाउनुपर्ने बताए । त्यसका लागि थप ४ वटा नागरिकताको फोटोकपी पनि आवश्यक पर्ने बताए । रविले टेकमानको भनाइलाई स्वीकार्दै आफ्ना अलावा आमा, मामा, मामाघरको हजुरबुवा, हजुरआमाको नागरिकताको फोटोकपी बुझाए ।

रवि युरोप जाने सपना बुनिरहेका थिए । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने भएकाले उनले बैंक खातामा २ लाख ९९ हजार ५८१ रुपैयाँ सुरक्षित राखेका थिए ।

२०७८ चैत ३० गते उनको मोबाइल न. ९८२३......४ को सिम चलेन । सिम नचलेपछि उनी अर्को दिन एनसेल कम्पनीको कार्यालयमा गएर आफ्नो सिम नचलेको जानकारी दिए । 

कर्मचारीहरूले ‘अहिले सिममा समस्या देखिएको छ’ भन्दै त्यही नम्बरको अर्को सिम दिएर पठाए । २०७९ वैशाख १ दिउँसोदेखि फेरि उनको सिममा समस्या देखियो । 

उनले दिक्क लागेर त्यो सिम नचलाउने निर्णय गरे । त्यत्तिकै फालिदिए ।

पैसा आवश्यक परेपछि बैंकमा जाँदा उनको खाता रित्तो थियो । उनी झसंग भए । बैंकमा ‘स्टेटमेन्ट’ हेर्दा २०७९ वैशाख २ र ३ गते उनको खातामा रहेको २ लाख ९९ हजार ५३६ रुपैयाँ झिकिएको थाहा भयो ।

त्यसपछि उनले बैंकमा सोधीखोजी गर्दा मोबाइल बैंकिङमार्फत झिकेको भन्ने जवाफ आयो । बैंकमा केही नलागेपछि उनी त्यहाँबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा उजुरी दिन पुगे ।

प्रहरीको अनुसन्धानमा नागरिकताको फोटोकपी दुरुपयोग गरी सिम निकालेको र त्यही नम्बरबाट डिजिटल वालेटमा एक्सेस गरेर बैंक खातामा रहेको पैसा ठगी गर्ने गरेको खुल्यो ।

उनको खातामा रहेको पैसा अर्कै बैंक खातामा ट्रान्सफर गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीले बताए ।

‘उनीहरूले नक्कली नागरिकता बनाएर त्यसबाट सिम निकाली डिजिटल वालेटमार्फत ठगी गरेको देखिएको छ,’ एसएसपी डा. केसीले लोकान्तरसँग भने ।

****

काठमाडौंको तारकेश्वरका विकास (नाम परिवर्तन) ले विगत १७ वर्षदेखि ९८४१......१ नम्बरको मोबाइल चलाउँदै आएका छन् ।

घरजग्गाको कारोबार गर्दै आएका विकासको सिम २०७९ कात्तिक २८ गते दिउँसोदेखि एक्कासि चलेन । केही समस्या आएको हुनसक्ने अनुमान गरे ।

अर्को दिन नक्सालमा रहेको नेपाल टेलिकमको कार्यालयमा गएर त्यही नम्बरको सिम झिकेर घर फर्किए । नयाँ सिम चलाएसँगै उनको खातबाट २५ हजार र १३ हजार गरी दुईपटक रकम झिकेको एसएमएस आयो । उनले त्यसपछि नक्साल पुगेर बुझ्दा २८ गते दिउँसो सवा १ बजे अर्कै व्यक्तिले बबरमहलमा रहेको टेलिकमको कार्यालयबाट सिम झिकेको खुल्यो ।

विकासको सिम काठमाडौंको टोखा नगरपालिका– १३ घर भएका अनुपम खरेल (नागरिकता नम्बर ०२–६७–५५–०३४४४) ले निकालेको देखियो । विकासले टेलिकमबाट त्यो नागरिकताको फोटोकपी लिएर अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए ।

प्रहरीले गरेको अनुसन्धानमा नागरिकता नम्बर, व्यक्तिको नाम, व्यक्तिको फोटो, बुवाको नाम केही मिलेन । फोटोशपबाट फोटोकपी तोडमोड गरिएको पाइयो । पीडित विकासको वास्तविक नागरिकता पुरानो हस्तलिखित थियो, तर सिम निकाल्न प्रयोग गरिएको नागरिकता नयाँ डिजिटल प्रिन्टको पेश गरिएको पाइयो ।

ठगी गर्ने व्यक्तिले त्यो सिमबाट ‘डिजिटल वालेट’मा खाता खोलेर उनको बैंक खातामा पहुँच पुर्‍याई ठगी गरेको अपराध अनुसन्धान कार्यालयको अनुसन्धानमा देखिएको छ । 

****

पछिल्लो समयमा नागरिकताको दुरुपयोग गरेर ईसेवा, खल्ती, आईएमई पे लगायतका ‘पेमेन्ट गेटवे’मार्फत ठगी भइरहेको एसएसपी डा. मनोजकुमार केसीले बताए ।

‘अहिले पेमेन्ट गेटवेमार्फत ठगीका उजुरीहरू धेरै आइरहेका  छन् । ओटीपी मागेर समेत ठगी भएका छन्,’ एसएसपी केसीले लोकान्तरसँग भने ।

उनका अनुसार एउटा व्यक्तिले धेरै सिम निकालेर प्रयोग गर्न पाउँदा त्यसले अपराध निम्त्याएको छ ।  सिम निकाल्ने प्रक्रिया सहज हुँदा अपराधीहरूले त्यसको दुरुपयोग गरिरहेका छन् ।

पछिल्लो समयमा मोबाइल नम्बरमार्फत कनेक्ट आईपीएस र बैंकका एपहरूमा पहुँच पुर्‍याएर ठगी भइरहेको एसएसपी केसीले बताए । सामाजिक सञ्जाल फेसबूक, टिकटक लगायतबाट पनि ठगी भइरहेको छ ।

अपराध अनुसन्धान कार्यालयको पछिल्लो तथ्यांक हेर्ने हो भने नागरिकताको दुरुपयोग गरेर पछिल्लो ६ महिनामा ‘वालेट’बाट ६४ जनाको ६८ लाख १९ हजार २५७ रुपैयाँ ठगी भएको छ । वान टाइम ट्रान्जेक्सन पिन (ओटीपी कोड)बाट ५२ जनाको ४० लाख २८ हजार ६२० रुपैयाँ ठगी भएको देखिएको छ । नागरिकताको दुरुपयोग गरेर सिम निकाली १७ लाख ९५ हजार रुपैयाँ ठगी भएको पाइएको एसएसपी केसीले बताए ।

यसैगरी सामाजिक सञ्जालहरूमा चिट्ठा परेको भनेर ५९ जनाबाट ९९ लाख ६३ हजार, सामान पार्सल  गरिएको भनेर १६६ जनाबाट ६ करोड ४४ लाख ९८ हजार, मोबाइल, ल्यापटप, क्यामेरा सस्तोमा दिने बहानामा ८९ लाख ५१ हजार, फेसबूक आईडी ह्याक गरेर ४१ जनाबाट ११ लाख ८ हजार, अनलाइनमा रोजगारीको विज्ञापन राखेर २ करोड ७१ लाख ८३ हजार, वैदेशिक ठगीबाट १ करोड १७ लाख ८४ हजार, अनलाइनमार्फत लगानी गर्न आग्रह गर्दै ६३ जनाबाट ५२ लाख ६४ हजार, नेपाली गर्ल एपमार्फत २८ लाख ७ हजार, स्टक ट्रेडिङ नेपालबाट २ जनाको ५ लाख ९६ हजार र अन्य डिजिटल माध्यमबाट १ करोड ३९ लाख २ हजार रुपैयाँ गरी ६९८ जनाको १३ करोड ४२ लाख ३० हजार रुपैयाँ ठगी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांकले देखाएको छ ।

तथ्यांक

राष्ट्रिय परिचय पत्रले डिजिटल अपराधलाई नियन्त्रण गर्छः जीतेन्द्र बस्नेत, प्रवक्ता गृह मन्त्रालय

सिम दुरुपयोग गरेर भएका डिजिटल आर्थिक अपराधका समस्याहरूको समाधान राष्ट्रिय परिचय पत्रले गर्ने गृहमन्त्रालयका प्रवक्ता सह–सचिव जीतेन्द्र बस्नेत दाबी गरे ।

‘डिजिटल अपराधलाई नियन्त्रण गर्नका लागि राष्ट्रिय परिचय पत्रको अवधारणा आएको हो । अहिले डिजिटल तथ्यांक र जैविक तथ्यांक संकलन भइरहेको छ । त्यसको काम सकिएपछि अपराध नियन्त्रणमा सहयोग पुग्छ,’ प्रवक्ता बस्नेतले लोकान्तरसँग भने । 

उनका अनुसार सरकारले आगामी दिनमा राष्ट्रिय परिचय पत्रमा भएको ‘बायोमेट्रिक’ तथ्यांकसँग कनेक्ट गरेर सिम वितरण गर्ने तयारी गरेको छ । त्यो प्रणाली आएपछि अपराधका घटनामा कमी आउने र ट्र्याकिङ गरी सहजै अपराधी पत्ता लगाउन सकिने उनले बताए ।

‘डिजिटल तथ्यांकहरू संकलनका लागि केही समय लाग्छ, त्यसपछि यस्ता समस्या सम्बोधन हुनेछ,’ सहसचिव बस्नेतले भने ।

गृह मन्त्रालयले गृहसुधार योजना बनाई डिजिटल अपराध नियन्त्रणका लागि प्रविधि भित्र्याएको दाबी गरेको छ । तर, त्यसको कार्यान्वयनको पाटो भने कमजोर छ ।

विभाग बनाएर नियमन गरिराखेका छौं– गुणाकर भट्ट, नेपाल राष्ट्र बैंक

डिजिटल वालेटलाई नियमन गर्न विभाग नै बनाएर सुक्ष्मरूपमा निगरानी गरिरहेको नेपाल राष्ट्र बैंकमा प्रवक्ता गुणाकर भट्टले दाबी गरे । 

‘राष्ट्र बैंकले छुट्टै विभाग बनाएर सुक्ष्मरूपमा निगरानी गरिरहेको छ,’ प्रवक्ता भट्टले लोकान्तरसँग भने ।

राष्ट्र बैंकले वालेट सेवा प्रदायकहरूलाई पनि समय–समयमा हुने अपराधका घटना न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्न निर्देशन समेत दिने गरेको प्रवक्ता भट्टको दाबी छ ।

राष्ट्र बैंकले ‘पेमेन्ट सिस्टम डिपार्टमेन्ट’ स्थापना गरेको र त्यसले यस्ता विषयलाई निगरानी गरिरहेको दाबी भट्टले गरे । तर प्रहरीको तथ्यांकले यस्ता अपराध घट्नुको साटो झन् बढेको देखाउँछ ।

प्रयोगकर्तामा चेतनाको कमीका कारण समस्या देखिएको भन्दै प्रवक्ता भट्ट यसबाट पन्छिन खोजे ।

‘ग्राहकहरूमा चेतनाको कमीले गर्दा पनि ठगी भएको देखिन्छ,’ भट्टले भने, ‘चेतनास्तर वृद्धि गर्नुपर्ने देखिन्छ ।’

वितरण प्रणालीमा समस्या देखिएको छ, समाधान गरिरहेका छौंः सोभन अधिकारी, प्रवक्ता, नेपाल टेलिकम

आमजनतालाई सर्वसुलभ बनाउनका लागि डिलर बनाएर सिम वितरण गर्दा केही समस्या देखिएको नेपाल टेलिकमका प्रवक्ता सोभन अधिकारीले स्वीकारे ।

पछिल्लो समय सिम प्रयोग गरेर अपराधका घटनाहरू बढेको देखिएपछि सिम निकाल्नका लागि सक्कल नागरिकता नै देखाउनुपर्ने व्यवस्था गरिएको उनले बताए । 

त्यही अनुसारको गाइडलाइन टेलिकमका कार्यालय तथा डिलरहरूलाई दिइएको उनको दाबी छ ।

अहिले टेलिकमको सिम निकाल्दा अनिवार्यरूपमा व्यक्ति उपस्थित हुनुपर्ने र अशक्त व्यक्तिको हकमा लिन आउने व्यक्ति र सिम निकाल्ने व्यक्तिको सक्कल नागरिकता तथा फोटोकपी आवश्यक पर्ने व्यवस्था लागू गरेको प्रवक्ता अधिकारीले बताए ।

‘हामीले अहिले नयाँ व्यवस्था लागू गरेका छौं । पछिल्लो समय सिमका कारण देखिएका अपराधलाई न्यूनीकरण गर्न त्यसले सहयोग गर्छ भन्ने अपेक्षा गरेका छौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने, ‘आगामी दिनमा बायोमेट्रिक प्रणाली समेत लागू गर्ने तयारीमा छौं ।’

राष्ट्रिय परिचय पत्रको काम सकिएपछि त्यसबाट बायोमेट्रिक तथ्यांक लिएर सिम वितरण गर्दा समस्या नआउने उनको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x