×

NMB BANK
NIC ASIA

पाकिस्तानी तालिवानले दियो प्रहरीमाथि थप आक्रमणको चेतावनी

फागुन ६, २०७९

NTC
Premier Steels

पाकिस्तानको कराँचीस्थित प्रहरी परिसरमा भएको आत्मघाती आक्रमणमा परी चार जनाको मृत्यु भएको एक दिनपछि पाकिस्तानी तालिवान समूहले शनिबार कानून प्रवर्तन अधिकारीहरूमाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ ।

Muktinath Bank

तालिवानसँग पाकिस्तानको लडाइँमा प्रहरीलाई प्रायः अग्रपङ्क्तिमा प्रयोग गरिन्छ र अक्सर उनीहरू गैरन्यायिक हत्याको आरोप लगाउने लडाकूहरूको निशानामा पर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत महिना उत्तरपश्चिमी शहर पेशावरको एक प्रहरी परिसरभित्र रहेको मस्जिदमा एक आत्मघाती आक्रमणकारीले विष्फोटक पदार्थ विस्फोट गराउँदा ८० भन्दा बढी अधिकारीको मृत्यु भएको थियो ।


Advertisment
Nabil box
Kumari

तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले शनिबार अङ्ग्रेजी भाषामा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रहरीले दास सेनासँगको हाम्रो युद्धबाट टाढै बस्नुपर्छ, अन्यथा उच्च प्रहरी अधिकारीहरूको सुरक्षित आश्रयस्थलमा आक्रमण जारी रहनेछ ।”

Vianet communication

विज्ञप्तिमा भनिएको छ, “हामी सुरक्षा निकायहरूलाई फेरि एकपटक चेतावनी दिन चाहन्छौं, निर्दोष कैदीहरूलाई फर्जी मुठभेडमा मारिएका भन्न रोक्नुहोस् अन्यथा भविष्यमा हुने आक्रमणहरूको तीव्रता अझ गम्भीर हुनेछ ।”

शुक्रबार साँझ तालिबानको आत्मघाती दस्ताले दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको विशाल प्रहरी कार्यालय परिसरमा आक्रमण गरेपछि एक घण्टा लामो गोली हानाहान भएको थियो ।

आक्रमणमा परी दुई जना प्रहरी अधिकारी, एक जना सेनाका रेन्जर र एक जना सफाइकर्मीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

शहरको मुटुमा कडा सुरक्षा गरिएको परिसरमा दर्जनौं प्रशासनिक र आवासीय भवनहरूका साथै सयौं अधिकारी र उनीहरूका परिवार छन् ।

एक वरिष्ठ अनुसन्धानकर्ताले एएफपीलाई प्रारम्भिक अनुसन्धानमा तीनै जना आक्रमणकारी उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तका भएको थाहा हुन आएको बताएका छन् ।


आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले समा टिभीलाई बताएअनुसार आक्रमणकारीहरू कराँची प्रहरी कार्यालयको मुख्य भवन कब्जा गरेर छतमा पुग्नुुअघि गेटमा रकेट प्रहार गरेर परिसरभित्र पसेका थिए ।

सुरक्षा फौजले घेराबन्दी अन्त्य गर्न बिस्तारै पाँच तलामाथि उक्लन थालेपछि घन्टौंसम्म गोली र ग्रेनेड विस्फोटको आवाज सुनिएको थियो ।

गोलीले छेडिएको सिँढीले बन्दूकको तीब्र लडाईंको प्रमाण दिन्छ । अफगान तालिबानबाट अलग टीटीपी समान कट्टर इस्लामी विचारधाराको साथ पाकिस्तानमा सन् २००७ मा उदय भएको थियो र हिंसाको भयानक लहर चलाएको थियो । सन् २०१४ को अन्तमा शुरू गरिएको सैन्य अभियानले धेरै हदसम्म टीटीपी गतिविधिलाई दबाउन सफल भएको थियो ।  

तर सन् २०२१ को अगष्टमा अफगान तालिबानले काबुलकब्जा गरेपछि र टीटीपी र इस्लामावादबीच गत वर्ष नोभेम्बरमा महिनौँ लामो युद्धविराम अन्त्य भएपछि सुरक्षा बललाई लक्षित गरी आक्रमणहरू फेरि बढ्दै गएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x