×

NMB BANK
NIC ASIA

राष्ट्रपतिको दौड

राष्ट्रपति बन्न ओलीको प्रस्तावलाई लिएर माधव नेपाल गम्भीर, प्रचण्डले दिएनन् सिग्नल

फागुन ११, २०७९

NTC
Premier Steels

राष्ट्रपतिको उम्मेदवार बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्तावलाई लिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गम्भीर बनेका छन् ।

Muktinath Bank

ओलीको प्रस्तावसँगै नेपालले आफूमा सहमति गर्न प्रयास शुरू गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरेको माओवादीलाई समेत मान्य हुने भन्दै ओलीले नेपालको नाम प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रस्ताव गरेका थिए । राष्ट्रपतिमा ओलीले आफ्नो नाम प्रस्ताव गरेपछि माधव नेपालले कांग्रेससँग समेत छलफल गरेका थिए । 


Advertisment
Nabil box
Kumari

‘ओली कमरेडबाट आएको प्रस्तावलाई हामीले गम्भीर रूपमा लिएर छलफल गरिरहेका छौं, उहाँका रणनीति जेसुकै भए पनि राष्ट्रपति पदका लागि माधव नेपाल उपयुक्त पात्र हो भनेर दलहरूसँग संवाद गरेका छौं,’ नेपालका एक विश्वासपात्रले बिहीवार लोकान्तरसँग भने । कांग्रेस नेताहरूसँगको भेटमा नेपालले आफूलाई समर्थन गर्न आग्रह गरेका थिए ।

Vianet communication

चुनावअघि गठन भएको ५ दलीय गठबन्धनका अन्य दल सरकारमा सामेल भए पनि नेकपा एस र जनमोर्चा कांग्रेसको सम्पर्कका छन् । आफ्नो पार्टीले राष्ट्रपति पाउने सम्भावना बढेको भन्दै कांग्रेसले बुधवार माधव नेपाललाई कुनै आश्वासन भने दिएन । 

प्रचण्डलाई धर्मसंकट 

ओलीले माधव नेपालको नाम प्रस्ताव गरेपछि प्रचण्ड धर्मसंकटमा परेका छन् । माओवादीले ओलीको ‘एसम्यान’लाई राष्ट्रपति नमान्ने भनेपछि सरकार पनि नढल्ने र माओवादीलाई पनि स्वीकार्य हुने भन्दै माधव नेपालको नाम अगाडि सारेका थिए । 

माधव नेपाललाई राष्ट्रपति बनाउन ओलीले गरेको प्रस्तावबारे प्रचण्डले हुन्छ वा हुन्न केही भनेका छैनन् । माओवादीका महासचिव देव गुरुङले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्ने पार्टीको लाइन यथावत रहेको बताए ।

उनले माधव नेपाललाई ओलीले राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेको कुरा आफूहरूलाई त्यति गम्भीर नलागेको बताए । ‘उहाँ (ओली)ले भेटेजतिका सबैलाई राष्ट्रपतिको उम्मेदवार भन्दै हिँड्नुभएको छ । माधव नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल सबैलाई आश्वासन दिनुभएको रहेछ,’ गुरुङले लोकान्तरसँग भने, ‘माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कुरा नै भरपर्दो छैन, हामीले कसरी समर्थन गर्ने ?’

प्रचण्डसँग कुरा गरे पनि कुनै सिग्नल प्राप्त नभएको नेकपा एसका नेताहरू बताउँछन् । विगतमा नेकपाकालमा माधव नेपाल र प्रचण्ड एकै ठाउँमा उभिएका थिए । 

माओवादी महासचिव गुरुङले शान्ति प्रक्रिया टुंग्याउने मामिलाका कांग्रेससँग नजिक रहेको बताए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आगामी १३ गते शनिवार उम्मेदवार मनोनयनको कार्यसूची छ । मनोनयनको मिति नजिकिँदा दलहरूको छलफलले तीब्रता पाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x