०४ साउन २०८३, सोमबार

लघुवित्तमा राष्ट्र बैंकको कैँचीले ३७ लघुवित्तको नकारात्मक सर्किट, लघुवित्त समूहमा पहिरो

फागुन ११, २०७९
लघुवित्तमा राष्ट्र बैंकको कैँचीले ३७ लघुवित्तको नकारात्मक सर्किट, लघुवित्त समूहमा पहिरो

राष्ट्र बैंकले लघुवित्तको लभांश वितरणमा कडाइ गरेसँगै बिहीवार एकैदिन ३७ वटा लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको  छ । 

राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश दिन नपाउनेसहितको कडा व्यवस्था गरेपछि लघुवित्तका लगानीकर्ता रुष्ट बनेका छन् । बिहीवार शेयर बजारमा लघुवित्त समूहमा पहिरो गएको छ । 

३७ वटा लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा अरू अधिकांश लघुवित्तकै शेयर ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

बिहीवार लघुवित्त उपसमूहका सबै उपसूचक राताम्मे भएका छन् । बिहीवार शेयर करोबार बन्द हुन ५ मिनेट बाँकी रहँदाको समयसम्ममा ५९ अंकले बजार घटिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्