×

NMB BANK
NIC ASIA

सल्बलाउन थाले सर्प

फागुन २०, २०७९

NTC
Premier Steels

मौसममा परिवर्तन आएसँगै सर्लाहीमा सर्पहरू सल्बलाउन थालेका छन् । गर्मीमा सल्बलाउने सर्पले ग्रामीण बासिन्दालाई डस्न थालेको छ । 

Muktinath Bank

बिहीबार सर्पको डसाइपछि उपचारको खोजीमा केन्द्रमा आएका ईश्वरपुर नगरपालिका–९ का सजन शर्मालाई शुक्रबार उपचारपछि घर फर्काइएको लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ । फागुन–१५ गते हरिवन नगरपालिका–१ का बसु गतौलालाई सर्पदंशको सफल उपचारपछि घर फर्काइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“मौसममा विस्तारै आएको परिवर्तनसँगै सर्पको डसाइबाट घाइते भएका बिरामी बढ्न थालेका छन्”, स्वास्थ्य सहायक अनिल कुशवाहले थपे, “सर्पको डसाइबाट घाइते भएका बिरामी समयमै उपचारका लागि केन्द्रसम्म आए शतप्रतिशत सकुशल घर फर्किने गरेका छन् ।”


Advertisment
Nabil box
Kumari

पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा पर्ने लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा आव २०७७÷०७८ मा छ सय ३९ र त्यसपछिको २०७८/०७९ मा सात सय नौ सय बिरामी उपचारको खोजीमा आएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 

Vianet communication

आव २०७९/८० को वैशाख–असारमा दुई सय ७३, साउन–असोजमा ८८ र कात्तिक–पुस महिनामा ५३ सर्पको डसाइबाट पीडित बनेका बिरामीलाई उपचार सेवा दिइएको केन्द्रका अहेव प्रभु पण्डितले जानकारी दिए ।

तथ्याङ्कअनुसार जाडो मौसममा भन्दा गर्मीयाममा सर्पदंशका घटना बढी हुने गरेको छ । मौसम तातिएसँगै सल्बलाउने सबै सर्प विषालु नहुने कुरा केन्द्रका स्वास्थ्य सहायक जगरनाथ यादवको भनाइ छ । चुरे पर्वती फेदी तथा भावर क्षेत्र र तराईका फाँटमा पाइने गनग्वारी गोमन, राजगोमन, कमन करेत, पनिया, राज, ह्यौ, बाँघे, तिरिसेजस्ता सर्प विषालु हुन्छन् । सिरिसे, सुगीया, इन्द्रेनी र उड्ने सर्प कम विषालु हुन्छन् भने डोरिया, हरहरा, तेलियाँ, धामनलगायत तराईमा पाइने १४ जातका सर्प विषालु नहुने बताइएको छ । 

गर्मी मौसममा सर्पको डसाइको जोखिम धेरै हुने भएकाले अँध्यारोमा टर्चलाइट, घाँस दाउरा गर्दा विशेष सावधानी अपनाउनुपर्ने उपचार केन्द्रका स्वास्थ्य सहायक कुशवाहको भनाइ छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x