×

NMB BANK
NIC ASIA

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएन

फागुन २६, २०७९

NTC
Premier Steels

कोशी प्रदेशमा नयाँ सरकार गठन भएको २ महिना बितेको छ ।

Muktinath Bank

तर मन्त्री तथा मुख्यमन्त्रीहरूको सम्पत्ति विवरण भने सार्वजनिक भएको छैन। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस २५ गते प्रदेश १ को चौथो मुख्यमन्त्रीका रूपमा हिकमत कार्की नियुक्त भएका थिए । २५ गते नै मुख्यमन्त्री कार्कीले ३ सदस्य मन्त्रिमण्डल विस्तार गरेका थिए ।


Advertisment
Nabil box
Kumari

एमालेका तिल कुमार मेयाङवो, जसपाका निर्मला लिम्बू र राप्रपाका भक्ति प्रसाद सिटौलालाई पहिलो चरणमा मन्त्री बनाएका थिए ।

Vianet communication

दोस्रो चरणमा कार्कीले थप ३ मन्त्री थप गरेका थिए । मुख्यमन्त्रीमा माओवादीले दाबी गरेर पहिलो चरणमा सरकारमा पठाएको थिएन । दोस्रो चरणमा भने माओवादी बाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य मन्त्री भएका थिए ।

त्यस्तै एमालेका बुद्धि कुमार राज भण्डारीलाई मन्त्री बनाइएको थियो । ६ जना नै मन्त्रीहरूलाई मुख्यमन्त्री कार्कीले विनाविभागीय बनाएका थिए । मुख्यमन्त्रीले  मन्त्रीहरूलाई होटेलमा राखेको भन्दै चर्काे आलोचना भएपछि दुई हप्तापछि जिम्मेवारी तोकिएको थियो ।

६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने नैतिक तथा कानुनी दायित्व रहेको छ । २ जना मन्त्रीले सम्पत्ति विवरण नबुझाएका कारण सार्वजनिक नगरिएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले बताए ।

भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र वन वातावरण तथा पर्यटनमन्त्री जीवन आचार्यको सम्पत्ति विवरण कार्यालयमा नआएको उनले बताए।

मुख्यमन्त्री कार्यालयका गुनासो सुन्ने अधिकारी पुरुषोत्तम ढकालले भने, 'उहाँहरूलाई खबर गरेका छौँ, विवरण आउनासाथ निर्णय गरेर सार्वजनिक गर्छाैँ ।

२ मन्त्रीको भने ६० दिन पुगेको छैन । मुख्यमन्त्रीसहित मन्त्रीले बुझाएको विवरण पनि सार्वजनिक भएको छैन । सार्वजनिक गर्ने निर्णय पनि भएको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ ।

साथै आर्थिक वर्ष सकिएको ६० दिनभित्र पनि बुझाउनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x