×

NMB BANK
NIC ASIA

राजनीति

१० दलीय गठबन्धनले उपराष्ट्रपति निर्वाचनमा जालझेल गर्न खोज्यो : ओली

प्रचण्ड र नेपालले दक्षिणपन्थीको दलाली गरेको आरोप

फागुन २७, २०७९

NTC
Premier Steels

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका छन् । शनिबार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ, सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका हुन् । 

Muktinath Bank

 राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गर्न खोजेको ओलीको दाबी छ ।  संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक फरक समुदायको हुनुपर्ने नभएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट गर्नुपर्ने प्रमुख÷उपप्रमुखको गरेका छौँ । सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने’, ओलीले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा दश दलीय गठबन्धन जुन छ, त्यो त महिला विरोधी छ । स्थानीय तह निर्वाचनमा पनि उनीहरुले कानुन छले । त्यो कानुन छलेको कुरो कमसेकम राजनीति र राजनीतिक अनुहार फैसलामा नहेर्ने हाम्रा न्यायिक निकायहरु वा निर्वाचन आयोग भएको भए त्यो कुरा सदर हुन सक्दैनथ्यो । तर त्यस्तो भइदिएन ।’


Advertisment
Nabil box
Kumari

अध्यक्ष ओलीले एमालेको उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलीय गठबन्धन बनाउने काम भएको टिप्पणी गरे ।  यद्यपी गठबन्धनभित्र अनेक प्रकारका जालझेल र प्रपञ्च भएको उनको भनाई छ । 

Vianet communication

‘अब आजसम्म पनि दश दलीय गठबन्धन जालझेल गर्न खोजिराखेको छ । अर्को समुदाय भनेर । यसको मर्म अर्को समुदायसँग होइन पुरुष हुन्छ भने महिला । महिला हुन्छ भने महिला हुनसक्थ्यो तर त्यो कुरा स्पष्ट भएन संविधानमा’, उनले भने, ‘महिला राष्ट्रपति भयो भने उपराष्ट्रपति महिला हुन नसक्ने भन्ने कुरा होइन । तर अहिलेको अवस्थामा त्यो सम्भव होइन कि जस्तो संवैधानिक व्यवस्था देखिन्छ ।’
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थीको नांगो दलाली गरेको आरोप लगाए । दाहाल र नेपालले कम्युनिष्ट पार्टीका उम्मेदवारलाई राष्ट्रपति बन्न नदिएको उनले बताए । 

‘माधव नेपालले भर्खरै भाषण गरे । प्रचण्डजीले राष्ट्रपति मलाई हुनु भनेर प्रस्ताव गर्नुभएको थियो, मैले मानिनँ काँग्रेसलाई नै बनाउनुपर्छ भनेर मैले प्रस्ताव गरेँ भनेर उहाँ आफैंले भन्नुभएको छ ’, ओलीले भने, ‘वामपन्थीले राष्ट्रपति जित्नु हुँदैन भनेर प्रचण्ड डाँको छोडेर ठाउँ–ठाउँमा रोएको त तपाईंहरुले देख्नु नै भएको छ । वामपन्थीलाई राष्ट्रपति हुनै दिनु हुँदैन । देश खत्तम हुन्छ । माधव नेपालले भनेको सुन्नुभयो होला, एमालेको राष्ट्रपति भयो भने त देश ध्वस्त हुन्छ । यो नांगो दक्षिणपन्थी र दक्षिणपन्थताको दलाली हो । भइरहेको वामपन्थी शक्ति आफ्नो पार्टी फुटाएर, ध्वस्त बनाएर, घरमा आगो लगाएर अनि त्यो खरानी पनि लगेर विरोधी, विपक्षीका पाउमा मैले घर डढाएर यति खरानी हजुरको पाउँमा चढाउन ल्याएको छु भनेर पाउमा चढाउन जाने जस्तो घिनलाग्दो कुरो अरू के हुन्छ ?’

उनले देशमा जातीय आधारमा नभइ वर्गीय आधारमा आरक्षण दिइनुपर्ने बताए । जातीय रुपमा आरक्षण दिँदा त्यसको दुरुपयोग भएको भन्दै उनले व्यक्तिको आर्थिक अवस्था हेरेर आरक्षण दिइनुपर्ने धारणा राखे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x