×

NMB BANK
NIC ASIA

सूर्य नेपाल सेन्ट्रल ओपन शुरू, पहिलो दिन शुक्रलाई अग्रता

चैत १, २०७९

NTC
Premier Steels

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत पाँचौँ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र तामाङ ७ -अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन्। 

Muktinath Bank

भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै साबिक विजेता  शुक्र शीर्ष स्थानमा रहन सफल भएका हुन्। ६-अन्डर ६६ सहित भुवन दोस्रो स्थानमा रहेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जयराम श्रेष्ठ तेस्रो स्थानमा रहे। उनले ४-अन्डर ६८ मा पहिलो दिनको खेल सकाए। उनी लिडर शुक्र भन्दा ३ स्ट्रोकले पछि रहेका छन्। ​


Advertisment
Nabil box
Kumari

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा लिको प्रायोजनमा जारी प्रतियोगितामा १-अन्डर ७१ सहित निरज तामाङ चौथो स्थानमा रहे।

Vianet communication

प्रोफेसनलद्वय सञ्जय लामा र  बलभद्र राई तथा एमेच्योर खेलाडी सद्भाव आचार्य र सुवास तामाङले संयुक्त रूपमा पाँचौँ स्थान बाँडेका छन्। उनीहरूले पहिलो दिन समान इभन-पार ७२ खेले।

शिवराम पौडेल र एमेच्योर खेलाडी क्याप्टेन नोर्बु शेर्पा १-ओभर ७३ सहित संयुक्त रूपमा नवौँ स्थानमा रहेका छन्। 

तीन प्रोफेसनल खेलाडीहरू रमेश अधिकारी, रामे मगर र दिनेश प्रजापति तथा एमेच्योरद्वय निश्चयजङ्ग रायमाझी र युवराज भुजेल २-ओभर ७४ को स्कोरमा संयुक्त ११औं स्थानमा रहे। 

भारतीय गल्फ टुरसमेत खेलिरहेका शुक्रले पहिलो दिन ७-अन्डरको उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। ४-पारको पहिलो होलमा इगल प्रहार गर्दै खेलको शुरूआत गरे।

तेस्रो होलमा बर्डीको सफलता प्राप्त गरे भने छैटौं होलमा बोगी खेपे।

यसपछि ब्याक नाइनमा उनले ११औं, १२औं, १५औं १६औं र १८औं होलमा बर्डी प्रहार गर्दै लोभलाग्दो प्रदर्शन गरे। ब्याक नाइन ५-अन्डर ३१ मा सकाए। 

भुवनले फ्रन्ट नाइनमा ६-अन्डर ३० खेल्दै सानदार शुरूआत गरे।

पहिलो, दोस्रो, तेस्रो र पाँचौ होलमा एक-एक सट बचाए भने ५-पारको सातौँ होलमा इगलको सफलता प्राप्त गरे। यसपछि ब्याक नाइनमा उनले सबै होलमा पार बचाए। ​

जयरामले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। दोस्रो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा चौथो होलमा एक सट खेर फाले। यसपछि १४औं र १५औं होलको बर्डीले ब्याक नाइन पनि २-अन्डर ३४ मा नै पूरा गरे। ​

चौथो स्थानमा रहेका निरजले नवौं होलमा एक सट बचाउँदै फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए।

यसपछि ११औँ र १८औं होलमा बर्डी प्रहार गरे पनि १२औँ र १५ औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा पूरा गरे। ​

एमेच्योरतर्फ राष्ट्रिय टिमका सदस्य सद्भाव र नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास  इभन-पार ७२ को सहित संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन्।

क्याप्टेन नोर्बु १-ओभर ७३ को नतिजामा तेस्रो स्थानमा छन्‌। 

३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउनेछन्। 

कुल ८ लाख नगद पुरस्कार राशिको प्रतियोगितामा‌ ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्।

यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमशः ५५ हजार र ४७ हजार हात पार्नेछन्।

साथै उत्कृष्ट २१ मा प्रतियोगिता सकाउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x