×

NMB BANK
NIC ASIA

आजदेखि प्रधानमन्त्री थ्री नेसन्स कप फूटबल हुँदै

चैत ८, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

प्रधानमन्त्री थ्री नेसन्स कप फूटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ ।

Muktinath Bank

राष्ट्रिय फूटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक गरिएको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । उनले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिताको आधारमा खेलाडी छनोट गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

प्रमुख प्रशिक्षक एनेसले प्रतियोगिता खेल्न नेपाली टोली तयारी अवस्थामा रहेको बताए । उनको प्रशिक्षणमा नेपालले पहिलोपटक खेल्न लागेको हो । प्रशिक्षक एनेसले छोटो समयमा नै नेपाली टीम तयार गरेको भन्दै चुनौतीका साथ आफ्नो टोली खेल्न तयार रहेको बताए ।

Vianet communication

नेपाली फूटबल टोलीका कप्तान किरण चेम्जोङले प्रतियोगिताका लागि छोटो तयारी भए पनि लाओसविरुद्ध खेल्न आफ्नो टोली तयार रहेको बताए । उनले राष्ट्रका लागि राम्रो नतिजा ल्याउने उद्देश्यका साथ मैदानमा उत्रिने समेत बताए ।

छनोट हुने नेपाली टोलीको गोलकिपरमा कप्तान चेम्जोङसहित दीप कार्की र अभिषेक बराल छन् भने डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान खड्का छन् । 

मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास छन् भने फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी रहेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भूटान र लाओसले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर पाउने छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५०० अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

प्रतियोगिताको बुधवार हुने उद्घाटन खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको खेल हेर्न चाहने दर्शकका लागि सामान्य प्यारापिटतर्फ ५०० र भीभीआइपीतर्फ १ हजार तोकिएको एन्फाले जनाएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x