×

NMB BANK
NIC ASIA

विराट गोल्ड कपमा आर्मीलाई हराउँदै जवलाखेल सेमिफाइनलमा

चैत १०, २०७९

NTC
Premier Steels

विभागीय टिम त्रिभुवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल यूथ क्लब विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

Muktinath Bank

विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जवलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गालरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।
 
सडनडेथमा जावलाखेलको तर्फबाट सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, शमीराज थोकर र विशाल तामाङले गोल गरेका थिए । 
आर्मीको तर्फबाट टंक बस्नेत, टेक बहादुर बुढाथोकी, कप्तान जिलेस्पी जंग कार्की,सन्तोष केसी र गोल किपर बिकेस् कुथुले गोल गरेका थिए भने सेसेहाङ्ग आङदङबेको प्रहार बाहिरिँदा दोस्रो खेलबाट आर्मी घर फर्किन बाध्य भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जितसँगै जावलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्नेछ । आर्मी र जावलाखेलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो  । 


Advertisment
Nabil box
Kumari

आर्मीले दसौँ ं मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका आशिष् शाक्यको प्रहार बाहिरायो । आर्मीका कप्तान जिलेस्पी जंग कार्कीले २३ औँ मिनेटमा ३० यार्डदेखिको कडा प्रहार  जावालाखेलका गोलकिपर अनीश देउलाले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए । त्यस लगतै भरत चौधरीले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन् । ३६ औँ मिनेटमा आर्मीका सुलिद राईले डिफेन्डरलाई क्रस गरेर निकालेको बल सुशान्त चौधरीले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत गर्न चुके । 

Vianet communication

जावलाखेलका विदेशी खेलाडी मसोवीको पनि ३९ औँ मिनेटमा गोल गर्न चुकेका थिए । राहुलले ४४ औँ मिनेटमा निकालिदिएको  वान भर्सेस वानको प्रहार मसोवीले गोल गने अवसर गुमाएका थिए । त्यस लगतै  उनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुबाट डिफ्लेक्ट हुँदै बाहिरियो ।

बलको कर्नर प्रहारमा सुशान्त चौधरीको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो । दोस्रो हाफबाट आर्मीले आक्रामक खेल पस्किए पनि गोलमा परिणत गर्न नसक्दा घर फर्किन बाध्य भयो  ।  ५२ औँ मिनेटमा कप्तान जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले अग्रता लिन सकेन । 

६० औँ मिनेटमा मध्य भागबाट एक्लै बल अघि बढाएका सेसेहाङ्ग आङ्देङबकोे प्रहार दायाँ बार हुँदै बाहिरिँदा आर्मीले गोल गर्नबाट चुक्यो । ६५ औँ मिनेटमा वान भर्सेस वानमा जावलाखेलका सीमन्त थापाको डकिबक्स भित्रको कडा प्रहार आर्मीका  गोलरक्षक गोलरक्षक विकेश कुथुले बचाएका थिए । लगत्तै विदेशी खेलाडी आयोगको प्रहार पनि गोलरक्षक कुथुले विफल पारे । 

७३ औ मिनेटमा आर्मीका सुदिप राईले पेनाल्टी एरियामा निकालिदिएको बल कप्तान जिलेस्पीको प्रहार पोसमाथिबाट बाहिरिँदा गोल गर्ने अवसर खेर गयो । ८३ औँ मिनेटमा युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो । ८६ औँ मिनेटमा जावलाखेलका कप्तान सीमान्त थापाले मध्य भागबाट बल एक्लै अगाडी बढाएर डकिबक्स भित्रबाट आर्मीका गोलरक्षकलाई विट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । अतिरिक्त समयको १५ औँ मिनेटमा आर्मीका सन्तोष केसीले फ्रिकिक कप्तान जिलेस्पीले पेनाल्टी एरियाबाट बललाइ नियन्त्रणमा लिएर गरेको प्रहार पोसमाथिबाट बाहिरियो ।

शनिवारको तेस्रो क्वाटर फाइनल खेल साबिक विजेता सशस्त्र प्रहरी र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबिच हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x