०२ साउन २०८३, शनिबार

विदेशमा पनि ‘छक्का पञ्जा ४’ हाउसफुल

विदेशमा पनि ‘छक्का पञ्जा ४’ हाउसफुल
तस्वीर : दीपकराज गिरीको फेसबुकबाट

फागुनको १९ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ ले नेपालमा मात्र नभइ विदेशमा समेत राम्रो कमाई गरेको छ ।

नेपालमा शुक्रवारदेखि चौथो सातामा प्रदर्शनरत चलचित्रले १८ करोड हाराहारी कलेक्सन गरेको वितरकले जानकारी दिएका छन् । 

चलचित्रले अस्ट्रेलिया, अमेरिका, यूरोपमा दर्शकको उल्लेखनीय साथ पाएको छ । अभिनेता एवं निर्माता दीपकराज गिरीले विदेशमा चलचित्रले​ सोँचेभन्दा बढी सफलता प्राप्त गरेको बताए । 

उनले विदेशमा चलचित्रले सोँचेभन्दा धेरै माया पाएको भन्दै सामाजिक सञ्जालबाट खुशी साटेका छन् ।

चलचित्रले नेपालमा अझै पनि राम्रो शोजका साथ उल्लेखनीय दर्शक पाइरहेको छ । 

‘छक्का पञ्जा’का यसअघिका तीनवटै श्रृंखला दीपाश्री निरौलाले निर्देशन गरे पनि छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

राजनीतिलाई मुख्य विषयवस्तु बनाएको चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, बेनिशा हमाल, राज आचार्य, निर्मल शर्मा, बुद्धि तामाङ लगायतको अभिनय छ ।

‘छक्का पञ्जा’को यसअघिका श्रृङखलाको रेकर्ड ‘छक्का पञ्जा ४’ले अबको केही दिनमै तोड्नेमा निर्माण टिम विश्वस्त देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्