जेठ १७, २०८०
नेपाल सरकार र विश्व बैंकबीच अनुदान प्राप्तिसम्बन्धी सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डल...
चैत १४, २०७९
सरकारको आम्दानी र खर्चबीच खाडल गहिरिँदै गएको छ ।
सरकारले लिएको राजस्व नीति र अर्थतन्त्रको वास्तविकताबीच मेल नखाँदा आम्दानीभन्दा खर्च बढी हुन पुगेको छ ।
राजस्व नीतिकै कारण आम्दानी घटेको भए पनि अनिवार्य दायित्वका शीर्षकमा गर्नैपर्ने खर्च भने कम भएको छैन । अर्थ मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको १२ चैतसम्मको एक तथ्यांकअनुसार सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ६५ अर्ब ४२ करोड रुपैयाँले बढी देखिएको छ ।
सरकारको आम्दानी घट्दै जानु र खर्च मात्रै बढेको कारण लक्ष्यअनुसार राजस्व संकलन नभएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए । ति अधिकारीका अनुसार चालू आवको ५ महिनासम्म सरकारले लिएको आयात प्रतिबन्धको नीतिको असर अहिले देखिएको हो ।
पुसदेखि भन्सारमा गरिएको कडाइ हटेको भए पनि भन्सारबाट गुमेको राजस्वको क्षति त्यसपछि पूर्ति हुन सकेको छैन भने यो वर्ष हुन सक्ने पनि देखिँदैन । चालू आर्थिक वर्ष २०७९/८० को आगामी ४ महिना (असारसम्म) मा लक्ष्य अनुसारको राजस्व संकलन हुन सक्ने अवस्थासमेत छैन ।
अर्थ मन्त्रालयका अनुसार चैत १२ गतेसम्मको राजस्व संकलनको लक्ष्य ९ खर्ब ९७ अर्ब ९६ करोड रुपैयाँ छ । यो अवधिसम्म जम्मा ६ खर्ब ३९ अर्ब २९ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । यस्तो राजस्व संकलन सरकारले लिएको यो अवधिसम्मको लक्ष्यभन्दा ३ खर्ब ५८ अर्ब २९ करोड रुपैयाँले कम हो ।
चैत १२ गतेसम्मको राजस्व संकलन भने ६ खर्ब ४४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । यो अवधिसम्मको खर्च भने ८ खर्ब ९ अर्ब ५१ करोड रुपैयाँ रहेको पनि अर्थ मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।
अर्थ मन्त्रालयका अनुसार राजस्व संकलन गत आर्थिक वर्ष २०७८/७९ को चैत १२ गतेसम्मको भन्दा यो वर्षको सोही अवधिमा १ खर्ब १८ अर्ब रुपैयाँले कम हो । गत वर्ष यो अवधिसम्ममा ७ खर्ब ५७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्ष यो अवधिसम्मको खर्च भने ७ खर्ब ३ अर्ब रुपैयाँ मात्रै थियो ।
सरकारले गर्ने खर्चभन्दा आम्दानी बढेको हुँदा गत वर्ष गत वर्ष चैत १२ गतेसम्ममा ५४ अर्ब रुपैयाँ बचत समेत भएको थियो । यो वर्ष भने डेढ खर्बभन्दा बढीले सरकारी खाता नोक्सानीमा छ ।
सरकारकै तथ्यांकअनुसार पछिल्लो ८ महिनामा सरकारकै नीतिका कारण १ खर्ब रुपैयाँ राजस्व घटेको देखिएको छ । सरकारले भन्सारमा कडाइ गर्दा घटेको यस्तो राजस्वको असर र नीतिका कारण यो वर्ष अहिलेसम्मको राजस्व संकलनले सरकारी कर्मचारी पाल्न मात्रै पुगेको अवस्था छ । अत्यावश्यक खर्च गर्न तथा विकास निर्माण ठप्प हुने अवस्थामा सरकार पुगेको छ ।
सरकारले कर्मचारीलाई तलबभत्ता, सामाजिक सुरक्षा, स्रोत सुनिश्चितका आयोजनालाई भुक्तानी सहितको अनिवार्य दायित्वको थप गर्न गर्न सक्ने अवस्था भने छैन ।
अर्थतन्त्र जर्जर अवस्थामा, नेतृत्व दिने मन्त्री नहुँदा थप समस्या
पछिल्लो समय अर्थतन्त्र जर्जर अवस्थामा पुग्दा समेत सरकारले अर्थसहित विभिन्न विभागीय मन्त्रालयलाई नेतृत्वविहीन अवस्थामा राखेको छ । अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भएको बेला १ महिनादेखि अर्थमन्त्री नियुक्त भएका छैन ।
बजेट बनाउने बेलामा अर्थमन्त्री नहुँदा नीतिगत निर्णयहरू रोकिने र ढिलो भइरहेको छ । अर्थ मन्त्रालयले आन्तरिक रूपमा बजेट बनाउने काम गरिरहेको भए पनि मन्त्री नहुँदा अहिलेसम्म बजेट लेखन समिति बन्न सकेको छैन । गत वर्ष राजस्व परामर्श समिति थियो भने यो वर्ष खारेज भएको छ । त्यसको विकल्पमा अर्थ मन्त्रालयले राजस्व सचिवको मातहतमा विभिन्न ९ वटा उपसमिति गठन गरेर काम गरिरहेको छ तर मन्त्री भएको बेलाको जस्तो गति नहुँदा कम हुने महसुस भइरहेको अर्थ मन्त्रालयकै उच्च अधिकारी बताउँछन् ।
राष्ट्रिय योजना आयोगले दिएको बजेटको सिलिङभित्र बसेर काम भइरहेको भए पनि अन्तर मन्त्रालयगतको सिलिङमा कार्यक्रम र योजना अर्थमा आइपुगेको छैन । अरु मन्त्रालयमा पनि मन्त्री नहुँदा कार्यक्रम र योजना राख्न समस्या भइरहेको छ । मन्त्री आए पनि पुनः कार्यक्रम र योजना थप हुन सक्ने भएकाले कर्मचारीतन्त्रले पनि ढिलो गरेर बजेटका कार्यक्रमलाई अगाडि बढाउन बाध्य भएको अर्थ मन्त्रालयकै एक अधिकारीले बताए ।
एकातिर लक्ष्यअनुसार राजस्व नउठेको, अर्कातिर तरलता अभावले अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । त्यही बेला बजेट निर्माण गर्ने बेला विभागीय मन्त्री नहुनु भनेको बिडम्बना हो । अहिले बनाएको नीति र योजनाबाटै अहिले गुमेको राजस्व तथा असहज अवस्थामा पुगेको अर्थतन्त्र सुधार गर्नुपर्ने हुन्छ । त्यसैले अहिलेको बेला अर्थ मन्त्रालय नेतृत्वविहीन हुन नहुने तर्क अर्थ मन्त्रालयकै उच्च अधिकारीको छ ।
नेपाल सरकार र विश्व बैंकबीच अनुदान प्राप्तिसम्बन्धी सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डल...
बजेटमार्फत विद्युतीय गाडीमा कर बढ्ने सूचना पहिल्यै चुहिँदा मुलुकलाई करीब साढे १३ करोड नोक्सानी भएको छ । जेठ महिनाको पहिलो दुई सातामा आयात भएका गाडीको अस्वाभाविक तथ्यांक हेर्दा सूचना चुहिएको प्रस्टै संकेत मिल्...
काठमाडौं उपत्यकाका सडकहरूमा नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ गुड्न थालेको छ । विगत एक महिनादेखि काठमाडौंका सडकमा गुड्न थालेको ‘एक्सप्रेस–टी’ वात...
पहिलोपटक कच्चा सामग्री बोकेर कार्गाे रेल विराटनगर आए पनि निरन्तर सञ्चालन हुनेमा उद्योगी–व्यापारीहरू ढुक्क छैनन् । प्रधानमन्त्रीहरू भारत भ्रमणमा गएका बेला उद्घाटन गर्ने प्रचलन नै रहेकाले कार्गाे रेल पनि त्यस्तै ...
नेपाल बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन प्रालिबीच भुक्तानी सम्झौता भएको छ । डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौतामा बैंकका वरिष्ठ प्रवन्धक संजिव जोशी र फोकसवान पेमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय...
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३२ रु...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...