‘तिम्रो प्यार’ बोलको गीत सार्वजनिक गरिएको छ ।
कल्पना श्रेष्ठको एकल स्वर रहेको गीतको भिडियोमा अमन श्रेष्ठ र रचना गौतमको अभिनय छ ।
कैलाश क्रान्तिको शब्द एवं संगीत रहेको यो प्रेमगीतलाई संजय हमालले एरेन्ज गरेका हुन् । गीतको भिडियो बबिता श्रेष्ठको निर्देशनमा तयार भएको हो ।
गीत र भिडियोमा प्रेमी र प्रेमबारे बयान गरिएको छ ।
नरेश आयरको छायांकन रहेको भिडियो कल्पेश विश्वकर्माको सम्पादनपछि ‘प्रियसी म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियो :