×

NMB BANK
NIC ASIA

नेपालमा पर्यटक भित्र्याउने पहलस्वरूप न्यूयोर्कमा छलफल

चैत १७, २०७९

NTC
Premier Steels

नेपालमा पर्यटक भित्र्याउने पहलस्वरूप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ ।

Muktinath Bank

आफूलाई नेपालमा पुनः कल्पना गर्नुहोस् भन्ने नारासहित न्यूयोर्कको म्यानहाटनमा बिहिबार नेपाली महावाणिज्य दूतावासले अन्तरक्रिया कार्यक्रम गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा २ देश बीचको पारस्परिक सम्बन्ध, जनसम्पर्क, सद्भाव र पर्यटनका विषयमा चर्चा गरिएको थियो । कार्यक्रमका वक्ताहरूले नेपालमा पर्यटनको सम्भावना र यसका चुनौतिहरूका बारेमा धारणा राखेका थिए ।


Advertisment
Nabil box
Kumari

नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरू बारे निर्माण गरिएको वृत्तचित्रबाट शुरू भएको कार्यक्रममा कार्यवहाक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले नेपालको पर्यटन सम्भाव्यताभित्रको पुनर्कल्पनाको अवधारणा र यसले व्यक्तिगत वृद्धि, सामुदायिक सशक्तीकरण र पर्यटन व्यवसायको पुनःप्राप्तिमा गरेको योगदानबारे प्रस्ट पारेका थिए।

Vianet communication

त्यस्तै प्यासिफिक एसिया ट्राभल एसोसिएसनका न्यूयोर्क च्याप्टनर अध्यक्ष जोबर्ट ओपुलेन्सियाले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदा असाधारण, सुन्दर एवं नेपालीको मन निकै न्यानो भएकोले नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा सूचीकृत गर्न ट्राभल तथा टुर अपरेटरहरूलाई आग्रह गरे। 

त्यस्तै यूएस स्टेट डिपार्टमेन्ट अफिस अफ फरेन मिसनका न्यूयोर्क क्षेत्रीय निर्देशक अलेक्ज्याण्डर के हार्डिनले अमेरिका–नेपाल सम्बन्ध, बढ्दो सामुदायिक र २ देशबीचको सांस्कृतिक सम्बन्धबारे चर्चा गर्दै नेपाललाई अमेरिकाले निरन्तर सहयोग गरिरहने आश्वासन दिए। ​

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि अमृतबहादुर राईले मनोरञ्जन र साहसिक कार्यका साथै सांस्कृतिक, आध्यात्मिक शिक्षा एवं योगको माध्यमबाट व्यक्तिगत र व्यावसायिक विकासका लागि नेपाल अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बन्न सक्ने सम्भावना रहेको बताए। 

मुख्य वक्ता भेनेसा ओब्रायनले नेपाल भ्रमणका क्रममा प्राप्त अनुभव एवं अविस्मरणिय सम्झनाहरू सुनाउँदै उचाइमा पुग्ने, चेतनाको माध्यमबाट साहस खोज्ने र मानवीय क्षमताका सीमाहरू खोज्नेहरूका लागि नेपाल नै अन्तिम गन्तव्य भएको बताए। 

त्यस्तै लेखक तथा ट्रेकर डा सेथ सिक्रोफले एडमन्ड हिलारी र तेन्जिङ नोर्गेद्वारा सगरमाथाको पहिलो सफल आरोहणबाट नै नेपालको चर्चा चुलिएको बताउँदै पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताए। 

कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष तथा सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष, अधिवक्ता खगेन्द्र जीसीले कला र संस्कृतिको प्रवर्द्धन एवं व्यक्ति-व्यक्तिबीच सम्पर्कले नेपालको पर्यटनमा थप टेवा पुग्ने बताए। 

त्यस्ते टर्किस एयरलाइन्सको न्यूयोर्कस्थित क्षेत्रीय मार्केटिङ प्रबन्धक अल्प ओजामानले टर्किस एयरलाइन्सले अमेरिका र नेपाललाई प्रत्यक्ष जोडेर नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याइरहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धनका लागि थप कदम चाल्न तयार रहेको बताए। 

कार्यवहाक महावाणिज्य दूत गौतमले नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै एक पटक नेपाल भ्रमणका लागि अमेरिकी जनतालाई आग्रह गरे। उनले पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको समेत जानकारी दिए। 

कार्यक्रममा महावाणिज्य दूतावासका अधिकारीहरू, पाटा–न्यूयोर्क च्याप्टरका अधिकारीहरू, सञ्चारकर्मी, ट्राभल एण्ड टुर बिजनेस एक्जिक्युटिभहरूको उपस्थिति रहेको थियो । प्यासिफिक एशिया टभल एशोसियसनसँगको सहकार्य एवं क्षेत्री एण्ड एशोसियट्स पीसीको सहयोगमा महावाणिज्य दूतावासले कार्यक्रम गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x