×

NMB BANK
NIC ASIA

ऋण नतिरेपछि एनआईसी एसिया बैंकले ऋणीको घरमै राखिदियो सुरक्षा गार्ड

चैत २१, २०७९

NTC
Premier Steels

दमक नगरपालिका वडा नम्बर ५ का दुर्गाप्रसाद कंडेलले समयमा किस्ता नतिरेको भन्दै एनआईसी एसिया बैंकले घरमा नै सुरक्षा गार्ड खटाएको छ । बैंकले ३ दिन सुरक्षा गार्ड खटाएको हो। 

Muktinath Bank

दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरमा सुरक्षा दिने गरेका थिए। यद्यपि अहिले गार्ड हटेका छन्। गार्डलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको पहलमा फिर्ता पठाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३ महिनादेखि कँडेलले बैंकको साँवा तथा ब्याज तिर्न सकेका थिएनन् ।


Advertisment
Nabil box
Kumari

'खाएपछि समयमा तिर्नु पर्दैन ?' भनेर बैंकले घरमै गार्ड राखेको श्रीमती चन्द्रकलाले बताइन् ।

Vianet communication

४ दिन पहिले बैंकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेको र आफूले १० हजार रुपैयाँ मात्र लगेर जम्मा गरेको कँडेलले बताए ।

पैसा जम्मा गरेर घरमा आइनपुग्दै बैंकले धितो सुरक्षा गर्न भन्दै सुरक्षा गार्ड खटाएको हो। उनले १ करोड रुपैयाँ ऋण लिएका थिए । साँवा ब्याज गरेर ९७ लाख रुपैयाँ तिर्न बाँकी रहेको कँडेलले बताए ।

बैंकले खटाएका सुरक्षा गार्डले घरमा आउनेहरूलाई सलाम गर्ने गरेका थिए । उनले ३ वर्षअघि उक्त ऋण लिएका थिए ।

उनी प्लटिङ व्यवसाय गर्थे । ‘कित्ताकाट लामो समयसम्म रोकिँदा समस्या आयो,’ उनले भने, ‘आर्थिक मन्दीका कारण पनि जग्गाको कारोबार भएको छैन ।’ 

बैंकले समयमा साँवा ब्याज नतिर्दा चिठ्ठी काट्ने, सूचना टाँस्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षाकर्मी पठाएर आफूहरूलाई बन्धक बनाएको कँडेल बताउँछन्। 

बैंकका मुख्य गुनासो व्यवस्थापन अधिकारी अर्जुनराज खँनियाले भने यो विषयमा  कुनै जानकारी नभएको बताए ।

भोलिसम्ममा बुझेर मात्रै जानकारी गराउन सक्ने उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x