०३ साउन २०८३, आइतबार

क्रिकेटर महेन्द्रसिंह धोनीको फिल्म 'एलजीएम' को पोस्टर सार्वजनिक

क्रिकेटर महेन्द्रसिंह धोनीको फिल्म 'एलजीएम' को पोस्टर सार्वजनिक

भारतका सफल क्रिकेटर महेन्द्र सिंह धोनी र साक्षी धोनीले आफ्नो प्रोडक्सन हाउसको डेब्यु फिल्म ‘एलजीएम’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका छन् ।

जनवरीमा क्रिकेटर महेन्द्र धोनी र उनकी पत्नी साक्षीले आफ्नो होम ब्यानर ‘धोनी इन्टरटेनमेन्ट’ सँग मिलेर छिट्टै फिल्म बनाउने बताएका थिए । निर्माणाधीन पहिलो फिचर फिल्मको शीर्षक ‘एलजीएम’ राखिएको छ। 

एलजीएमको अर्थ हो- 'लेट्स गेट म्यारिड'। यो तमिल फिल्म हो।  

महेन्द्र सिंह धोनीले सामाजिक सञ्जालमा फिल्मको फर्स्ट लुक पोस्टर शेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले लेखेका छन्– ‘एलजीएम’को फर्स्ट लुक पोस्टर सेयर गर्न पाउँदा खुसी छु । राम्रो पारिवारिक मनोरन्जनका लागि तयार हुनुहोस्,  यो फिल्मले सबैको अनुहारमा मुस्कान ल्याउनेछ ।'

यस फिल्ममा ‘प्यार प्रेम कढहल’ र बिग बोस तमिल फेम हरिश कल्याण मुख्य भूमिकामा देखिनेछन्।

योसँगै फिल्ममा ‘लभ टुडे’की इभाना नायिकाको भूमिकामा देखिनेछिन् । फिल्ममा ‘यस्टर्डे’ की स्टार नादियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् । यो फिल्मलाई रमेश तमिलमणिले निर्देशन गर्नेछन् । निर्देशकका रूपमा उनको यो पहिलो चलचित्र हो ।

salt training

कमेन्ट गर्नुहोस्