०१ साउन २०८३, शुक्रबार

प्रकाशको ‘सकम्बरी’ अफिसियल रुपमा युट्युबमा नआउँदै चर्चामा, अडियो मात्रै पनि ट्रेन्डिङमा पर्‍यो

प्रकाशको ‘सकम्बरी’ अफिसियल रुपमा युट्युबमा नआउँदै चर्चामा, अडियो मात्रै पनि ट्रेन्डिङमा पर्‍यो

​साङ्गीतिक क्षेत्रमा एक अलग र विशिष्ट पहिचान बनाएका गायक एवं सर्जक हुन् प्रकाश सपूत ।

चलनचल्तीका गीतको गञ्जागोलभन्दा बाहिर रहेर उनले अलग–अलग मुद्धालाई साङ्गीतिक खुराक बनाएर पेस गरिरहेका हुन्छन् । त्यसैले त उनका अफिसियल गीतहरू स्रोता–दर्शकमाझ प्रतीक्षित मानिँदै आएका छन् । 

प्रकाश यतिबेला नयाँ गीत ‘सकम्बरी’ युट्युबबाट सार्वजनिक गर्ने तयारीमा छन् । 

नयाँ वर्षको पूर्वसन्ध्यामा बिहीवार साँझ उनको यो गीत युट्युबमा सार्वजनिक हुनेछ । यद्यपि, यो गीत युट्युबमा नआउँदै श्रोतामाझ चर्चित बनिसकेको छ । यसको अडियो मंगलवारबाट नै टिकटक र युट्युबमा छ्यापछ्यापी छन् ।

उक्त अडियोमा थुप्रै टिकटक बनेका छन् ।  ‘प्रकाश सपूत–टपिक’ नामक युट्युबमा राखेको अडियो मात्रै पनि राम्रो भ्युज पाउँदै ट्रेन्डिङमै पर्न सफल छ । 

प्रकाशले यसपटक आफ्नो गीत युट्युबमा ल्याउनुअघि डिसहोमको एपमार्फत सार्वजनिक गरेका थिए । गत मंगलबाट उनको यो गीत डिसहोमको एपमार्फत सार्वजनिक गरिएको थियो । त्यहीमार्फत अडियो डाउनलोड भएर टिकटक र युट्युबमा छ्यापछयाप्ती भएको हो । 

संगीतको व्यावसायिक विस्तारको प्रयास गरिरहेको बताउँदै यसपटक युट्युबमा भन्दा पहिले डिसहोमको एपमा गीत सार्वजनिक गरेको प्रकाशको भनाई छ । 

‘सकम्बरी’ गीतमा प्रकाशको आफ्नै शब्द, संगीत र स्वर छ । स्वरमा बर्ता गन्धर्वले पनि साथ दिएकी छिन् ।

आफ्नै कथा एवं निर्देशनमा तयार भिडियोमा उनी स्वयंमसँगै सुनिल थापा, कुसुम शर्मा, निक्स शर्मा, सरिता राजोपाध्याय, संजोग रसाईली, सरस्वती अधिकारी, सलिक भण्डारी लगायतको अभिनय छ ।

उनले यो गीतलाई आफ्नो पागलपन भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्