
लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ ।
बीएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास भर्खरै बजारमा ल्याएको हो ।
‘दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन्’, लेखक न्यौपानले भने, ‘तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ, ठूलो षड्यन्त्र भयो दरबारमा । राजा वीरेन्द्रको वंश नाश गरियो तर दोषचाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो । जुन जनताले पत्याउन सकेका थिएनन् । उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ ।’
उपन्यासले दरबार हत्यकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको उनले दाबी गरे।
‘खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो । यसले आम जनतामाथि न्याय त गर्ने नै छ यसको साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्ने छ,’ प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले भने।
लेखक न्यौपानेको यो १० औं कृति हो । यसअघि उनको ‘दरबारबाहिरकी महारानी’ निकै रुचाइएको किताब हो । उपन्यासको बजार मूल्य ५२५ रहेको छ ।