पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ ।
शुक्रवार राति साढे ९ बजे काठमाडौंको बालुवाटार नजिकको निवासमा पुनकी आमामाथि भीभीआईपीको पछुवा गाडीमा हिँड्ने प्रहरीका पीएसओले गोली चलाउँदा पुनकी आमा ७४ वर्षीया तीर्थमाली घाइते भएकी हुन् ।
गोली प्रहार गर्ने प्रहरी सहायक हवल्दार प्रकाश पुन हुन् । नयाँ वर्ष मनाउने क्रममा नातेदार पनि पर्ने पुनको घरमा प्रकाश आएका पारिवारिक स्रोतको भनाइ छ । प्रकाश वर्षमानका भाइ प्रनिशका साथी समेत रहेका पारिवारिक स्रोत बताउँछ ।
आमा तीर्थमाली प्रनिश र डेडिड पुनसँग बस्थिन् । यी दुवै वर्षमानका भाइ हुन् । अघिपछि पनि आइरहने उनी नयाँ वर्ष मनाउन पुनको घरमा पुगेका थिए ।
‘त्यस्तो नजिकको नातेदार त होइन तर हामीले पनि वर्षमान दाइको भाइ प्रनिशको साथी भएकाले घरमा आएको र गोली चल्दा आमाको खुट्टा लागेको बुझेका छौं,’ वर्षमान निकट स्रोतले भन्यो, ‘गोली प्रहार गरेका भनिएका प्रकाश वर्षमानकै भाइ प्रनिशका साथी भएको पनि बुझेका छौं । नयाँ वर्षको जमघटमा जम्मा हुँदा यस्तो घटना भएको हुनसक्छ ।’
गोली प्रहार गर्ने पुन कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षाको पछुवा गाडीमा हिँड्ने हवल्दार रहेका प्रहरीले जनाएको छ । असावधानीपूर्वक प्रकाशले पेस्तोल चलाउँदा पुनकी आमाको खुट्टामा गोली लागेको प्रहरीको प्रारम्भिक भनाइ छ । गोली प्रहार गर्ने प्रहरीलाई प्रहरी प्रधान कार्यालयमा राखेर अनुसन्धान गरिँदैछ ।
गोली प्रहार गर्नेले मादक पदार्थ सेवन गरेको पनि प्रहरीको भनाइ छ । गोली प्रहारलगत्तै भागेका उनलाई प्रहरीले शनिवार बिहान नियन्त्रणमा लिएको हो । तीर्थमालीको देब्रे खुट्टाको बुढी औंलामा गोली लागेको बताइएको छ । उनको अवस्था सामान्य रहेको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...