×

NMB BANK
NIC ASIA

मच्छिन्द्रद्वारा फ्रेन्ड्स क्लवविरुद्ध २–१ को रोमाञ्चक जित

बैशाख ९, २०८०

NTC
Premier Steels

भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल गरेसँगै शनिवार साविक विजेता मच्छिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लवविरुद्ध सहिद स्मारक ए डिभिजन लिगमा २–१ को रोमाञ्चक जित निकालेको छ ।  यस्तै अर्को खेलमा खुमलटार युथ क्लवले मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई पनि समान २–१ गोल अन्तरले पराजित गरेको छ । 

Muktinath Bank

११ औं चरणको खेल अन्तर्गत च्यासल मैदानमा शनिवार सम्पन्न खेलमा मच्छिन्द्रलाई जित दिलाउन चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले समान एक गोल गरे । फ्रेण्ड्सका लागि रफिक अमिनुले १ गोल फर्काए । निकै अपेक्षा गरिएर मच्छिन्द्रमा अनवबन्ध गरिएका चेन्चोले आफ्नौ छैठौं खेलमा गोल गर्न सफल भएका हुन् । चेन्चोले ४५औं मिनेटमा मच्छिन्द्रका लागि अग्रता दिलाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 दोस्रो हाफमा पनि मच्छिन्द्रले फ्रेण्ड्सलाई दबाब दिएर खेल्यो । ६३औं मिनेटमा देवेन्द्रले टोलीको अग्रता दोब्बर बनाएका थिए । देवेन्द्रले चेन्चोको प्रहारमा फेन्ड्सका खेलाडीलाई लाग्दै आएको रिबाउन्ड बललाई जारी चुमाउन सफल भएका थिए । २–० ले पछि परेपछि खेलमा फर्किन निकै प्रयास गरेको फ्रेण्ड्सका लागि ७६ औं मिनेटमा अमिनुले गोल गर्दै अन्तर घटाए । बाँकी समयमा थप प्रयास गरे पनि फ्रेण्ड्स सफल हुन सकेन र अंक सुम्पियो ।


Advertisment
Nabil box
Kumari

यस जितसँगै मच्छिन्द्रले जारी लिगमा चौथो जित निकालेको छ । मछिन्द्रले ११ खेलमा १६ अंक जोड्दा छैटौं स्थानमा रहेको छ । फ्रेन्ड्सले ११ खेलमा ११ अंक जोडेको छ । फ्रेण्ड्स १२ औं स्थानमा रहेको छ ।
लिग अन्तर्गत दशरथ रंगशालामा भएको खेलमा मुख्य प्रशिक्षक बिना खेलेको खुमलटारले सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । यससँगै मनाङले लगातार चार खेलमा नतिजा सुम्पिएको छ । खुमलटारलाई जित दिलाउन दुवै गोल मेसोके ओलुमोउले पहिलो हाफमा र दोस्रो गोल दोस्रो हाफको इन्जुरी समयमा गरेका थिए । यसअघि  मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीबाट एक गोल फर्काउँदै खेल बराबरीको अवस्थामा ल्याएको थियो । 

Vianet communication

प्रतिष्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई शुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी बक्सभित्र एकल प्रयासमा मनाङका दुई रक्षकलाई बिट गर्दै टोलीको खाता खोलेका थिए । ५३औं मिनेटमा खुमलटारका विशाल बस्नेतले पेनाल्टी बक्सभित्र सुमित श्रेष्ठलाई फाउल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।

  ६१ औं मिनेटमा कुडो पेनाल्टी अवसरलाई खेर फाले । खुमलटारका अविशेक वर्माले रन्दिप पौडेललाई पेनाल्टी बक्सभित्र फाउल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो । खेलको अन्तिम तिर काउन्टरको प्रयास गरेको खुमलटारका लागि इन्जुरी समयमा मेसोकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारको तिज निश्चित गरे ।

जितसँगै खुमलटारले ११ खेलमा ४ जित, १ बराबरी र ६ हारको नतिजासहित १३ अंक जोडेको छ । पराजय ब्यहोरेको मनाङको समान खेलबाट ४ जित, ३ बराबरी र ४ हारको नतिजासहित १५ अंक छ । लिगमा आइतबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल हिमालयन शेर्पा र सातदोबाटो युथ क्लवबीच च्यासल मैदानमा खेल हुनेछ भने दोस्रो दशरथ रंगशालामा संकटा र थ्री स्टारबीच प्रतिष्पर्धा हुनेछ  । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x