मंसिर १६, २०८०
सिधै ‘अफिसर’ (अधिकृत)बाट निजामती सेवामा प्रवेश गरेकी राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको बहालवाला प्रमुख सचिव हुन् । निजामती सेवामा प्रवेश गरेको १९ वर्षमै प्रशासनतर्फबाट नेपाल सरकारको विशिष्ट श्र...
बैशाख १३, २०८०
बारा क्षेत्र नम्बर २ को मतगणना चलिरहँदा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवकी पत्नी पार्वती यादव मंगलवार दिनभरी नै बेचैन रहिन् ।
उपेन्द्रको मतान्तर बढ्यो भन्दा थोरै सन्तोषको श्वास लिन्थिन्, घट्दा चिन्तित हुन पुग्थिन् ।
उनका आँखा दिनैभरी नै ओभाएनन् । मतगणना प्रारम्भ भएदेखि नै अग्रता लिएर मतान्तर बढाएका उपेन्द्रको मत महागढीमाई नगरपालिकामा पुग्दा कम हुन थालेको थियो ।
अन्तिममा पचरौता नगरपालिकाको मतगणना सम्पन्न हुँदा उपेन्द्रको जीत सुनिश्चित भयो । त्यसपछि फेरि पार्वतीका आँखा रसाए । यतिबेलाको आँसु चिन्ताको नभएर खुशीको थियो ।
बुधवार बिहान गढीमाई मन्दिरमा पूजा गरिसकेपछि विजयोत्सवमा सहभागी भएकी उनले लोकान्तरसँग भनिन्, 'यति कष्ट उहाँलाई कहिल्यै भएको थिएन । ग्रासरूटबाट संघर्ष गरेर आएको नेतालाई बाहिरिया भन्दा चित्त दुख्थ्यो । मतदाताको घरघरमा पुगेर मत माग्ने क्रममा उहाँ (उपेन्द्र)ले गर्नुभएको कष्ट हेर्दा जीत हुने हो कि हैन भनेर हिजो दिनभरी नै रोएकी थिएँ ।'
मधेश आन्दोलनको नेतृत्व गरेर देशमा संघीयता ल्याएको नेतालाई सप्तरीबाट पराजित गरियो भनेर दु:ख व्यक्त गर्दै उनले थपिन्, 'आज बारा- २ का मतदाताले उहाँलाई जिताउनुभएको छ । सम्पूर्ण बारावासीलाई धन्यवाद दिन चाहन्छु । मतदाताले उपेन्द्रजीलाई सांसदको रूपमा जे 'गिफ्ट' दिनुभएको छ त्यो गिफ्टलाई जीवनभर कहिल्यै बिर्सन सक्दिनँ ।'
संसद्मा उपेन्द्रको आवश्यकता देखेरै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाललगायतको सद्भाव रहेको बताएकी उनले जसपाका नेता कार्यकर्ता र लोसपा नेता जितेन्द्र सोनललाई पनि विशेष धन्यवाद दिइन् ।
उपेन्द्र मन्त्री, उपप्रधानमन्त्री बन्दा समेत काठमाडौंमा खासै नबसी विराटनगरमा रहेर घर परिवार सम्हालेकी पार्वती यसपटक २२ दिनदेखि बारामै रहिन् । त्यसो त मंसिर ४ को चुनावका क्रममा पनि उनी सप्तरीमै पुगेकी थिइन् ।
'हरेक दिन घरघरमा पुगेर दिदी-बहिनी, आमाहरूसहित हरेक महिलासँग मत मागेकी थिएँ,' उनले भनिन्, 'कसैको खुट्टा समात्नुपर्यो, कसैलाई हात जोड्दै बिन्ती गरें । महिला दिदीबहिनीहरूलाई कन्भिन्स गर्न निकै गाह्रो पर्यो ।'
यसक्रममा बारावासीको धेरै दु:ख देखेको बताउने पार्वती अब ती दु:ख कम गर्नका लागि उपेन्द्रलाई घच्घच्याइरहने बताउँछिन् ।
'यहाँ शिक्षा, स्वास्थ्य, रोजगारीदेखि भौतिक पूर्वाधारका धेरै समस्या छन् । आफ्नो बलबुताले भ्याएसम्म ती समस्या समाधानका लागि उपेन्द्रजीलाई झक्झक्याइरहनेछु,' लोकान्तरसँग पार्वतीले भनिन् ।
उपेन्द्रले बारा- २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र पाइसकेका छन् । यसपटक उनको जीतमा गठबन्धन सहयात्री दलका नेतादेखि पार्टीकै नेता कार्यकर्ताको योगदान जति छ, पार्वतीको योगदान त्यो भन्दा कुनै हिसाबले कम छैन ।
उपेन्द्र विजयी भइसकेपछि सँगै रहेकी पार्वतीलाई लोसपा नेता जितेन्द्र सोनलले 'तपाईंको मेहनत नै जीतको मुख्य कारण हो' भनेका थिए ।
सोनलका स्वकीय सचिव रमेश सर्राफ भन्छन्, 'पार्वतीजी र सोनलजीबीच भेट हुँदा दुवैजना भावुक हुनुभएको थियो । दुवैको आँखाबाट आँसु झरेको थियो । सोनलले उपेन्द्रजीको जीतमा तपाईंको धेरै मेहनत छ भन्दा उहाँ (पार्वती)ले आँसु थाम्न सक्नुभएन । उहाँले सोनलजीको मेहनतको पनि प्रशंसा गर्नुभयो ।'
उपेन्द्रको हरेक संघर्षमा पार्वतीको साथ
उपेन्द्र यादवको हरेक संघर्षमा पार्वतीले दह्रो साथ दिँदै आएकी छन् । चाहे त्यो २०४८ सालमा उपेन्द्र चुनाव लड्दा होस्, चाहे सशस्त्र युद्ध या मधेश आन्दोलन, हरेक क्षण पार्वती उनको सहयोगीको भूमिकामा अग्र पंक्तिमा रहिन् ।
२०६२/०६३ सालको संयुक्त जनआन्दोलनमा विराटनगरमा उनी प्रहरी हिरासतमा परेकी थिइन् ।
'त्यो १९ दिने आन्दोलनमा मसँगै सुलेखन यादव र सुमित्रा खड्कालाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको थियो,' उनले भनिन्, 'छुटेपछि पनि निरन्तर सडक आन्दोलनमा लागेकी थिएँ ।'
लगत्तै उपेन्द्रकै नेतृत्वमा अन्तरिम संविधान जलाएर भएको प्रथम मधेश आन्दोलनमा पनि उनी विराटनगरमा आन्दोलनमा होमिएकी थिइन् ।
त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड' को नेतृत्वमा भएको ३० दलीय मोर्चाको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट उनको ढाड र टाउकोमा चोट लागेको थियो । 'त्यो आन्दोलनमा प्रहरीले मेरो ढाड नै भाँचिदिएको थियो । टाउको पनि फुटाइदिएको थियो,' पार्वतीले स्मरण गरिन्, 'चार दिनसम्म कोशी अस्पतालमा भर्ना हुनुपर्यो । टाउकोमा टाँका लगाउनुपर्यो । अस्पतालबाट निस्किएपछि एक महिनासम्म घरमै रेस्टमा बस्नुपर्यो ।'
मधेश आन्दोलनपछि उपेन्द्र राष्ट्रिय राजनीतिमा स्थापित भए । तत्कालीन मधेशी जनअधिकार फोरम अध्यक्षको हैसियतमा उपेन्द्र मधेशको शक्तिशाली नेताका रूपमा उभिए ।
उपेन्द्र यसबीचमा पटक-पटक उपप्रधानमन्त्री तथा मन्त्री भए । देशविदेश घुमे । कतिलाई सांसद र मन्त्री बनाए । मधेश प्रदेशमा झण्डै ६ वर्षदेखि उपेन्द्रकै दलले सरकारको नेतृत्व गरिरहेको छ ।
मधेशका अधिकांश नेताका पत्नीहरू समानुपातिक सांसद बनेर राजनीतिमा आउँदा पार्वती भने अहिले पनि 'लो-प्रोफाइल'मै छिन् । उनको ध्यान घरपरिवार सम्हाल्नमै बढी केन्द्रित छ ।
'सांसद बन्न, नेता बन्न मलाई कहिल्यै चाहना भएन,' पार्वतीले भनिन्, 'मधेश आन्दोलनमा मजस्तै धेरै महिला दिदीबहिनीहरूको योगदान छ । पिछडिएका, पढेलेखेका, आन्दोलनमा योगदान दिएका महिलालाई सांसद, मन्त्री बनाउनुपर्छ भन्ने नै मेरो सोच रह्यो ।'
कतिपय नेताका श्रीमती छायाँ मन्त्री वा छायाँ नेता बनेर शक्तिको अभ्यास गर्ने गरेको आरोप लाग्दै आएको छ । तर, पार्वती यस्ता आरोपहरूबाट पनि निकै टाढा छिन् ।
'मेरो श्रीमानले गर्ने काममा मैले हस्तक्षेप गर्ने होइन, उहाँलाई सहयोग गर्ने हो,' उनले भनिन्, 'मलाई थाहा छ कि उहाँ मधेश र देशका लागि राम्रै काम गर्नुहुन्छ ।'
उपेन्द्रले राजनीतिमा होमिँदा घर परिवारमा पार्वतीको ध्यान
घरमूली उपेन्द्र राजनीतिक आन्दोलनमा होमिएपछि परिवार सम्हाल्ने जिम्मेवारी पार्वतीको काँधमा आइपुग्यो ।
सोही कारण उनी पतिको साथ नै छाडेर भए पनि परिवार सम्हाल्ने काममा बढी केन्द्रित भइन् ।
केन्द्रीय राजनीतिमा सक्रिय हुन उपेन्द्र काठमाडौं बसाइँ सर्दा पार्वती विराटनगरमै बसिन् । 'म यदि आफ्नो श्रीमानसँगै काठमाडौं बसाइँ सरेको भए मेरो घरमा रहनुभएकी ९८ वर्षकी सासूआमालाई गाह्रो हुन्थ्यो,' उनले थपिन्, 'वृद्धआमा काठमाडौं जान नमानेपछि मैले विराटनगरमै बसेर उहाँको स्याहारसुसार गरें । अहिले उपेन्द्रजीले जेजति पाउनुभएको छ, त्यो सबै मातापिताकै आशीर्वाद हो ।'
२०७२ सालमा सासूआमाको निधन भएपछि पनि उनलाई काठमाडौं आउने संयोग जुरेन । '२०७४ सालमा छोरा दीपेश (अमरेन्द्र)को बिहे भयो तर दुर्भाग्य! बुहारी मनिषालाई पहिल्यैदेखि क्यान्सर रहेछ,' भावुक हुँदै उनले भनिन्, 'निरन्तर उपचार गराउँदा पनि बुहारीलाई जोगाउन सकिएन ।'
क्यान्सरपीडित बुहारी बितेपछि तीन दिनको नातिनी स्याहार्ने जिम्मा पार्वतीको काँधमा आइपर्यो । उनले दूधे बालिकालाई सम्पूर्णरूपमा आमाको माया दिएर हुर्काइन् ।
'म विराटनगर बसे पनि उपेन्द्रजीबाट दूर भएको छैन । उहाँको जहान भएको नाताले घरपरिवारको भार सम्हालेको छु,' उनले थपिन्, 'यहाँ विराटनगरमा हुने आफन्त, छिमेकी, नातेदार आदिको कुनै पनि शुभकार्य जन्म, विवाह, छठिहारदेखि मृत्युसंस्कारसम्मै पुग्ने र घरव्यवहार मिलाउने जिम्मेवारी मेरो छ । मैले परिवारमा उहाँको कमी महसूस हुन दिएको छैन ।'
तपाईंहरूको बिहे भएको कति वर्ष भयो भन्ने जिज्ञासामा उनले हाँस्दै भनिन्, 'त्यो कुरा नसोध्नुस् न । बालविवाह भएको हो हाम्रो । त्यति बेला चलन नै त्यस्तै थियो ।'
२०४१ वर्षदेखि उपेन्द्रसँगै रहेको बताउने पार्वती अहिले ५८ वर्षकी भइन् ।
उपेन्द्र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुँदा पटक-पटक विभिन्न देशको भ्रमण समेत गरेका छन् । तर, उनकी धर्मपत्नी पार्वती भने अहिलेसम्म विदेश गएकी छैनन् ।
'म आफ्नो घरपरिवारमै व्यस्त छु । सासूआमालाई स्याहार गरेदेखि अहिले नातिनीको स्याहारमा लागेकी छु । त्यसकारण विदेश जाने कुरा कहिल्यै मेरो मनमा आएन,' उनले लोकान्तरसँग भनिन् ।
नातिनी अनायारालाई उनी सोना भनेर बोलाउँछिन् ।
'अहिले मेरो सोना ६ वर्षकी भइन् । एलकेजीमा पढिरहेकी छिन्,' उनले थपिन्, 'म नातिनीकै संरक्षणमा लागेका कारण बाहिर धेरै समय दिन सकेको छैन ।'
कहिलेकाहीँ काठमाडौं जाने गरेपनि केही दिन बसेर फेरि विराटनगर नै फर्किने गरेको उनले बताइन् ।
छोरा अमरेन्द्रले दोस्रो विवाह डा. पिंकी यादवसँग गरेका छन् । पिंकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत छिन् ।
'मलाई केही चाहिएको छैन । उपेन्द्रजीले मधेशका लागि सधैं राम्रो काम गर्न सक्नुहोस् भन्ने मात्र चाहना छ,' पतिलाई सम्बोधन गर्दै पार्वतीले भनिन्, 'मधेशका जनताको हित, विकास आदिका लागि यसरी नै काम गरिरहनुस्, म तपाईंको घर-परिवार, व्यवहार चलाइरहने छु ।'
राजनीतिक ओहोदामा आउन खासै मन नगर्ने पार्वतीलाई जसपाको मोरङ जिल्ला कमिटीले सल्लाहकारका रूपमा राखेको छ ।
सिधै ‘अफिसर’ (अधिकृत)बाट निजामती सेवामा प्रवेश गरेकी राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको बहालवाला प्रमुख सचिव हुन् । निजामती सेवामा प्रवेश गरेको १९ वर्षमै प्रशासनतर्फबाट नेपाल सरकारको विशिष्ट श्र...
‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ ...
सानैदेखि खानाका परिकार बनाउन शौखिन थिइन् रूपन्देहीको बुटवलकी शोभा पोखरेल । घरमा रहेका बेला फुर्सदको समयमा उनले बन्दा, मटर लगायतका तरकारीबाट अचार बनाउँथिन् । केही घरमा खाने र बाँकी इस्टमित्रदेखि छिमेकीलाई ...
नागरिक उड्डयन प्राधिकरणमा जागिर खानुअघि प्रदीप अधिकारी काठमाडौंका इन्जिनियरिङ कलेजहरूमा अध्यापन गराउँथे । अध्यापन गराइरहेका अधिकारीलाई एकैपटक दुइटा अवसर आए– एउटा सरकारी जागिर र अर्को विदेशमा पीएचडीक...
सेलरोटी बनाएर दिनकै ३० हजारमाथि व्यापार, छोरालाई बनाइन् डाक्टर काठमाडौं महानरपालिका– १६ माछापोखरीको दाहिने कुनामा मंगलबार एकजना अधबैंसे महिलालाई सेलरोटी बनाउन भ्याइनभ्याइ थियो । सा...
काठमाडौं महानगरपालिका–१५ पुरानो बानेश्वरका उद्योगी शत्रुधनप्रसाद ढकाल बजारमा ‘एसपी ढकाल’का नामले परिचित छन् । दुई दशकको ‘ट्रेडिङ बिजनेस’को अनुभवपछि ढकालले पश्चिम नवलपरासीमा ड...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...