×

NMB BANK
NIC ASIA

यु–१६ राष्ट्रिय क्रिकेट : लुम्बिनी र कोशी प्रदेश विजयी

बैशाख १३, २०८०

NTC
Premier Steels

धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ अन्तर्गत आजको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको छ ।
  
    टस जितेर पहिले ब्याटिङ गरे को लुम्बिनी प्रदेशले २९ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । लुम्बिनीका लागि सन्तोष यादवले ४५ र आशिष ओलीले २२ रन बनाए । सुदूरपश्चिमका लागि आशिष शाही र अशोक धामीले दुई÷दुई विकेट लिए । 
 
    सुदूरपश्चिम २८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका नरेन भट्ट ३२ र ऋतिक थापाले २५ रन बनाउँदा मेट्रिक थापाले अविजित २२ रन बनाए । लुम्बिनीका आशिष ओलीले ४ विकेट लिए । सागर गैह्रे, कमरान अहमद र सन्तोष यादवले एक÷एक विकेट लिए । चार विकेट लिन सफल लुम्बिनीका आशिष ओली ‘प्लेयर आफ द म्याच’ घोषित भए । 

Muktinath Bank

    आजै भएको अर्को प्रतिस्पर्धामा कोशी प्रदेशले बागमती प्रदेशलाई १६ रनले पराजित ग¥र्यो । टस जितेर पहिले ब्याटिङ गरेको कोशीले २८ दशमलव चार ओभरमा सबै विकेट क्षतिमा १५१ रन बनायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    उसका लागि दिपु भुजेलले ३७, अलिश मण्डलले २६ र आशिक मगरले अविजित २२ रन बनाए । बागमती प्रदेशका लागि सुविन हाडाले चार विकेट लिए । त्यस्तै अथर्व पौडेल र सार्थक धितालले दुई÷दुई विकेट लिए । 
 
    बागमतीले २८ दशमलव दुई ओभरमा सबै विकेट क्षतिमा १३५ रन मात्रै बनाउन सक्यो । बागमतीका लागि रोशन विकले २१ रन र सुयांशु कोइरालाले २० रन बनाए । कोशीका लागि कृतिक कामतले चार विकेट लिए । प्रतिश पौडेल र आशिक मगरले दुई÷दुई विकेट लिए । चार विकेट लिएका कोशीका कृतिक कामत प्लेयर अफ द म्याच भए ।  
 
    आजको प्रतिस्पर्धामा जित हात पारेको लुम्बिनीले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । पहिलो खेल जितेको सुदूरपश्चिम प्रदेश भने आजको प्रतिस्पर्धामा लुम्बिनीसँग हारेको हो । कोशी प्रदेशको पहिलो जित हो । पहिलो खेलमा कोशी गण्डकी प्रदेशसँग पराजित भएको थियो । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x