×

NMB BANK
NIC ASIA

३ लाख १९ हजार ग्राहकलाई प्याकेजसहित बिदा गर्दै नेपाल टेलिकम

बैशाख १४, २०८०

NTC
Premier Steels

नेपाल टेलिकमले सीडीएमए प्रविधिलाई विस्थापन गर्ने क्रममा ३ लाख १९ हजार ६ सय ९४ ग्राहकलाई प्याकेजसहित बिदा गर्ने भएको छ । टेलिकमले २०६२ माघ २३ गतेबाट ठूलो क्षेत्रको कभरेजका लागि सीडीएमए प्रविधिको औपचारिक शुभारम्भ गरेको थियो ।

Muktinath Bank

टेलिकमको मोबाइल क्षेत्रमा ठूलो योगदान दिएको यो प्रविधिलाई नयाँ र सहज प्रविधिको जीएसएम मोबाइलको विस्तारसँगै सीडीएमए विस्थापन गर्ने निर्णय टेलिकमले यस अघि नै गरिसकेको थियो । टेलिकमले २०२२ देखि सीडीएमएलाई बन्द गर्ने निर्णय गरेको भएपनि यसका ग्राहक अझै ३ लाख भन्दा बढी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेलिकमले सेवा विस्तार गर्दै २०७५ चैतमा १६ लाख ग्राहक पुर्‍याएको यो प्रविधिलाई त्यसपछि भने थप लगानी नगरेर घटाउँदै गएको हो । टेलिकमले २०७५ को फागुनमै सीडीएमए प्रविधिमा थप लगानी नगर्ने र भइरहेको सेवा पनि पाँच वर्षपछि बन्द गर्ने निर्णय गरेको थियो । 


Advertisment
Nabil box
Kumari

टेलिकमका प्रवक्ता शोभन अधिकारीकाअनुसार विश्वमा सीडीएमए प्रविधिमा इनोभेसन हुन छोडेको र जीएसएम प्रविधि सहज र धेरै इनोभेसन हुने भएकाले पुरानो प्रविधिलाई छोड्दै जानुपरेको हो । पुरानो प्रविधि छोडर नयाँमा जाने निर्णयसहित टेलिकमले कम्तीमा ५ वर्ष अगाडि नै ग्राहकलाई सुसूचित भने गर्दै आएको थियो । अहिले पनि सीडीएमएका सिम प्रयोगमा रहेकोले यसलाई अब भने प्याकेजसहित विस्थापन गरिने भएको छ । 

Vianet communication

टेलिकमकाअनुसार सीडीएमएका सिम प्रयोग गरिरहेका ग्राहकलाई जीएसएमको नयाँ नम्बर दिने र ६ महिनासम्म नम्बर परिवर्तन भएको जानकारी दिइरहने सुविधा दिइएको छ । यसले ग्राहकलाई सहज हुने बुझाई प्रवक्ता अधिकारीको छ । 

पछिल्लो समय  जीएसएम मोबाइलमा थ्रीजी, फोरजी हुँदै फाइभजीसहितको नयाँ प्रविधि आइसकेको छ । पुरानो प्रविधिको सीडीएमएमा नयाँ प्रविधि थप नभएको र यसमा लगानी नहुँदा ग्राहक आफैं विस्थापित हुँदै जान थालेको टेलिकमको भनाइ छ । टेलिकमले थप लगानी नगरेको र आधुनिक र सहज प्रविधि भित्रिएकै कारण गत साउनदेखि नै वाइम्याक्स नामकको इन्टरनेटलाई पूर्ण रूपमा विस्थापन गरिसकेको छ । टेलिकमको सीडीएमए मोबाइल प्रयोगकर्ता जीएसएममा सिफ्ट भइरहेका छन् । ​

फाइभजी विस्तारमा जोड

टेलिकमले विगत २ महिनादेखि जीएसएम मोबाइलमा फाइभजी परीक्षण गरिरहेको छ । टेलिकमले आन्तरिक परीक्षण गरिरहेको यो यसलाई विस्तार गर्दै जाने भएको छ । 

हाल काठमाडौंको सुन्धारा, बबरमहल, पोखरा र वीरगन्जमा परीक्षण भइरहेको छ । सातै प्रदेशमा परीक्षण गर्न टेलिकमले यसको लागि आवश्यक डिभाइस आयात गर्ने अनुमति १ मंसिरमै मागेको छ । यसको अनुमति आइनसकेकाले थप उपकरण ल्याउन नपाएको टेलिकमले जनाएको छ ।

टेलिकमले थप उपकरण ल्याएर सातै प्रदेशमा फाइभजी परीक्षण गर्ने र त्यसको नतिजापछि मात्रै व्यावसायिक प्रयोगमा जाने निर्णय गर्ने टेलिकमले जानकारी दिएको छ । 

टेलिकमकाअनुसार हाल फाइभजी जम्मा २०० मिटरको क्षेत्रभित्र मात्रै परीक्षण गर्न सकिने क्षमताको छ । अहिले टेलिकमले २६०० मेगाहर्जमा परीक्षण गरिरहेको यो प्रविधि व्यावसायिक प्रयोगमा आउँदा ठूलो क्षमता तथा कम ब्यान्डविथमा पनि हुनसक्ने छ । 

अहिले सरकारले टेलिकमलार्ई मात्रै फाइभजीको परीक्षण अनुमति दिएको छ । सरकारी संस्थाले सफल प्रयोग गरेपछि मात्रै अन्य कम्पनीलाई दिने सरकारको योजना छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x