×

NMB BANK
NIC ASIA

नेपालमै बनेका सवारी दर्ताका लागि निर्देशिका संशोधन, ‘यात्री’दर्ताको बाटो खुला

बैशाख १४, २०८०

NTC
Premier Steels

सरकारले नेपालमै बनेका सवारी साधनको दर्ताको व्यवस्था गरेको छ । हालसम्म नेपालमा सवारी साधन नबनेको र बाहिरबाट आयात गरेर ल्याइने गरिएकाले सोहीअनुसार आयातसम्बन्धी व्यवस्था मात्रै थियो । नेपालमा पहिलोपटक यात्री नामक विद्युतीय मोटरसाइकल बनेपछि यसलाई दर्ता गर्ने विषयमा चर्को बहस भएको थियो । सरकारले यही सवारीलाई दर्ता गर्न हालको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन भएको छ ।

Muktinath Bank

यातायात व्यवस्था विभागले १३ बैशाख (बुधबार)का निर्णयबाट उक्त निर्देशिकाको बुँदा नम्बर मा संशोधन गरेको छ । यस निर्देशिकाको बुँदा नम्बर ११.१.९ थप गरेर नेपालमै बनेका सवारीलाई दर्ता गर्ने व्यवस्था भएको विभागले जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्देशिकामा नेपालमा जडान वा उत्पादन हुने सवारी दर्तासम्बन्धी विशेष व्यवस्था भएको छ । यस्तो व्यवस्थाअनुसार नेपालमै बनेका नयाँ सवारी साधनको दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलामी दर्ता, पुनः दर्ता र नामसारीलगायत प्रयोजन निर्देशिकामा समेटिएको छ ।


Advertisment
Nabil box
Kumari

यातायात व्यवस्था विभागले बिहीवार सार्वजनिक सूचना जारी गरेर यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा नयाँ बुँदा थप गरी संशोधन गरेको जानकारी दिएको छ । कार्यविधि निर्देशिकामा नेपालमा बनेका सवारी साधन दर्ता तथा नामसारीका लागि भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

Vianet communication

निर्देशिकामा दुई वटा बुँदा थप गरिएको छ । यातायात व्यवस्था विभागले संशोधन गरेको बुँदा अनुसार ‘यस निर्देशिकामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएता पनि विदेशबाट पार्टपुर्जाको पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायत प्रयोजनका लागि त्यस्ता सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन’ भन्ने उल्लेख छ ।

थप गरिएको दोस्रो बुँदामा यी सवारीसाधनको दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारीलगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानूनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तःशुल्क निकासी फारमसमेत भर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्थापछि नेपालमा बनेका यात्रीलगायत सवारीसाधन दर्ता, नामसारी, पुनः दर्ता, लिलामी दर्तालगायत कार्यको बाटो खुलेको छ । हाल नेपालमा नेपालमा विद्युतीय मोटरसाइकल ‘यात्री’ उत्पादन भइरहेको छ । नेपालमा उत्पादन भएको यो सवारी साधनमा हालसम्म प्रज्ञापनपत्रको अभावमा दर्ता हुन सकिरहेका थिएनन् । अब भने यो सवारी निर्वाध रूपमै दर्ता हुने भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x